default_image

3 years ago

February 11, 2021

सिटी र एभर्टन एफए कपको क्वाटरफाइनलमा

32 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी र एभर्टन एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सिटीले स्वान्सी सिटीमाथि ३–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्दा एभर्टनले टोटेनहम हस्टपरलाई अतिरिक्त समयमा ५–४ ले निराश पारेको छ ।

स्वान्सीको मैदानमा सिटीको जितमा केल वाल्कर, रहिम स्टर्लिङ र ग्रावियल जेससले गोल गरे । स्वान्सीका मोर्गान विटटेकरको गोल सान्त्वना बन्यो । खेलको ३०औं मिनेटमा सिटीले केल वाल्करको गोलबाट अग्रता लिएको थियो ।

उनले रोड्रीको पासमा गोल गरेका थिए । ४७औं मिनेटमा रोड्रीकै पासमा स्टर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा जेससले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । ७७औं मिनेटमा मोर्गानले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

यस्तै अर्काे खेलमा एभर्टनले टोटेनहमलाई अतिरिक्त समयमा ५–४ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ । एभर्टनको जितमा रिचार्लीसनले दुई तथा डोमिनिक काल्भर्ट लेविन, गिल्फी सिगुर्डसन र बर्नाडले गोल गरे । टोटेनहमका डाभिन्सन साञ्चेजले दुई तथा इरिक लमेला र ह्यारी केनले गोल गरेपनि हार टार्न सकेन ।

खेलको तेस्रो मिनेटमा नै डाभिन्सनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ३६औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले बराबरी गोल फर्काए । ३८औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए ।

४३औं मिनेटमा सिगुर्डसनले पेनाल्टीमार्फत गोल गरेपछि एभर्टनले खेलमा ३–१ को अग्रता लियो । ४५औं मिनेटमा इरिक लमेलाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ५७औं मिनेटमा डाभिन्सनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

६८औं मिनेटमा रिचार्लीसनले व्यक्तिगता दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै एभर्टनलाई ४–३ ले अघि बढाए । ८३औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई ४–४ गोलमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याए । ९७औं मिनेटमा बर्नाडले गोल गर्दै एभर्टनलाई ५–४ को जित दिलाए ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.