default_image

3 years ago

February 11, 2021

एटलान्टा कोपा इटालियाको फाइनलमा

38 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी नेपोलीलाई पराजित गर्दै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नेपोलीलाई ३–१ ले हराउदै एटलान्टा उपाधिनजिक पुगेको हो । यि दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा एटलान्टा विजयी हुन सफल भयो ।

घरेलु मैदानमा एटलान्टाको जितमा माटियो पेसिनाले दुई तथा डुभान जापटाले एक गोल गरे । हिर्भिङ लोजानाको गोल सान्त्वना बन्यो ।जिविस स्टेडियम बर्गामोमा भएको खेलमा घरेलु टोलीले खेलको १०औं मिनेटमा डुभान जापटाको गोलबाट अग्रता लिएको थियो ।

उनले मार्टिन डि रुनको पासमा गोल गरेका थिए । १६औं मिनेटमा माटियो पेसिनाले जापटाको पासमा गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । ५३औं मिनेटमा हिर्भिङ लोजानोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

तर ७८औं मिनेटमा माटियो पेसिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एटलान्टालाई ३–१ ले अघि बढाउन नेपोलीको खेलमा फर्कने सम्भावन सकिएको थियो ।

अब एटलान्टाले उपाधिका लागि युभेन्टसको सामना गर्नेछ । फाइनल खेल १९ मे मा हुनेछ । युभेन्टसले इन्टर मिलानलाई समग्रमा २–१ पराजित गर्दै फाइनलमा स्थन बनाएका थिए ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.