default_image

3 years ago

February 11, 2021

बिराटनगरमाथि आर्मीको फराकिलो जित

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा सातौ जित दर्ता गर्दा विराटनगर महानगरपालिका मोरङमाथि ७–० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीको सहज जितमा शर्मिला थापा र विमला बिकले समान २ गोल गर्दा सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल गरिन् ।

आर्मीले खेलको १८औं मिनेटमा शर्मिला थापाको गोलबाट अग्रता लिएको थियो । २२औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाईन् । ३१औं मिनेटमा आर्मीले ३द्द० को अग्रता बनायो ।

३४औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ४–० ले अघि बढाइन् । ३९औं मिनेटमा रश्मी घिसिङले गोल गरेपछि आर्मीले पहिलो हाफमा ५–० को फराकिलो अग्रता लिन सफल भयो ।

५०औं मिनेटमा विमला बिकले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी ६–० ले अघि बढ्यो । ५४औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को फराकिलो जित दिलाईन् ।

जितसँगै आर्मीले शीर्षस्थानको एपीएफमाथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एक खेल कम खेलेको एपीएफको २४ अंक रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा छ ।

यस्तै क्यामरुनी खेलाडी एलुड रुथको पाँच गोल सहयोगमा वालिङ नगरपालिका स्याङ्जाले चौदण्डीगढी नगरपालिका उदयपुरकलाई ७–१ ले पराजित गरेको छ । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले ह्याट्रिकसहित ५ गोल गरिन् ।

यस्तै क्यामरुनकै टेटा ओरनेला नोईलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अन्जना थुलुङले एक गोल फर्काइन् । २५ औं मिनेटमा रुथले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ३२औं मिनेटमा अन्जनाले गोल गर्दै चौदण्डीगढीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

३३औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दा वालिङले २–१ को अग्रता बनायो । ४४औं मिनेटमा रुथले ह्याट्रिक पुरा गरेपछि वालिङले पहिलो हाफमा ३–१ को अग्रता दिलाइन् । ४८औं मिनेटमा रुथले व्यक्तिगत चौंथो गोल गर्दा वालिङले ४–१ को अग्रता बनायो ।

५५औं मिनेटमा रुथले व्यक्तिगत पाँचौं गोल गरेपछि वालिङले खेलमा ५–१ को अग्रता लियो । ७१औं मिनेटमा नोईलीले गोल गर्दै वालिङलाई ६–१ ले अघि बढाइन् । ७२औं मिनेटमा नोईलीले व्यक्तिगत दोस्रो गोल गरेपछि वालिङले ७–१ को सहज जित निकाल्यो ।

लिगमा यो वालिङको चौंथो जित हो । जितसँगै वालिङले ९ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एक खेल पनि जित्न नसकेको चौदन्डीगढी अंकविहीन हुदै पुछारमा छ । लिगमा शुक्रबार चन्द्रपुर नगरपालिका रौतहट र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.