default_image

3 years ago

February 12, 2021

चेल्सी एफए कपको क्वाटरफाइनलमा

34 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । बिहीबार राति च्याम्पियनसिप क्लब ब्रान्सलेमाथि १–० को जित दर्ता गर्दै चेल्सीले एफए कपको अन्तिम आठको यात्रा तय गरेको हो ।

ब्रान्सलेको मैदानमा चेल्सीको जितमा ट्याम्मी अब्राहमले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा रिस जेम्सको पासमा गोल गरेका थिए ।

नयाँ प्रशिक्षक थोमस टुचेलको आगमनसँगै चेल्सीले पाँचौ खेल खेल्दा यो लगातार चौथो जित हो । टुचेलको पहिलो खेलमा चेल्सी वल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । त्यसपछि चेल्सीले बर्नले, टोटेटनहम र सेफिल्डलाई पराजित गरेको थियो ।

एफए कपकै अर्काे खेलमा साउथह्याम्टनले वल्भ्समाथि २–० को सहज जित दर्ता गदै अन्तिम आठको यात्रा तय गरेको छ । साउथह्याम्टनको जितमा ड्यानी इंग्स र स्टुआर्ट आम्सट्रङले गोल गरे ।

यता स्पेनिस कोपा डेल रेको सेमिफानलको पहिलो लेगमा एथलेटिको बिल्वाओ र लेभोन्टेले १–१ गोलको बराबरी खेलेका छन् । लेभान्टेका गोन्जालो मेलेरोले गोल गर्दा बिल्वाओका इनिगो मार्टिनेजले गोल फर्काए ।

दोस्रो लेगमा पनि यही नतिजा कायम रहे लेभान्टे अवे गोलमा फाइनलमा प्रवेश गर्नेछ । बिल्वाओलाई फाइनल पुग्न जित आवश्यक हुनेछ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.