default_image

3 years ago

February 14, 2021

रश्मीको चार गोलमा आर्मीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रश्मी घिसिङको ह्याट्रिकसहित चार गोल र बिमला चौधरीको दुई गोल मद्दतमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–१ को सानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काइन् । लिगको १० खेलमा आर्मीको यो […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रश्मी घिसिङको ह्याट्रिकसहित चार गोल र बिमला चौधरीको दुई गोल मद्दतमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–१ को सानदार जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काइन् । लिगको १० खेलमा आर्मीको यो आठौं जित हो । एपिएफसँग पराजित आर्मीले पुलिससँग गोलरहितर बराबरी खेलेको थियो ।

खेलको १०औं मिनेटमा रश्मीको गोलबाट आर्मीले अग्रता लिएको थियो । २२औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । लगत्तै २३औं मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई ३–० ले अघि बढाइन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रजनी थोकरले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को अवस्थामा ल्याइन् ।

५०औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गरिन् । ५६औं मिनेटमा बिमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५–१ ले अघि बढाइन् । ६१औं मिनेटमा रश्मीले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गर्दै आर्मीलाई ६–१ को फराकिलो जित दिलाइन् ।

यो जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको १० खेलबाट २५ अंक पुगेको छ । आर्मीले शीर्षस्थानमा रहेको नेपाल एपिएफ क्लबलाई दवाव बढाएको छ । एपिएफको ९ खेलबाट २७ अंक छ । पराजि चन्द्रपुर ६ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.