default_image

3 years ago

February 14, 2021

सागका पदकधारी खेलाडीले गरे सहारा एकेडेमीको अवलोकन

पोखरा (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदकधारी तेक्वान्दोका दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ र मन्देकाजी श्रेष्ठलगायतको टोलीले आइतबार सहारा क्लबले सञ्चालन गरेको एकेडेमी अवलोकन गरेका छन् । सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, निर्वतमान अध्यक्ष विरभद्र आचार्य लगायतको टोलीले उनीहरुलाई स्वागत गरेका […]

63 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदकधारी तेक्वान्दोका दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ र मन्देकाजी श्रेष्ठलगायतको टोलीले आइतबार सहारा क्लबले सञ्चालन गरेको एकेडेमी अवलोकन गरेका छन् ।

सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, निर्वतमान अध्यक्ष विरभद्र आचार्य लगायतको टोलीले उनीहरुलाई स्वागत गरेका थिए । सहाराका अध्यक्ष थापालगायतले क्लबको गठन देखि एकेडेमीको सञ्चालनका विषयमा उनीहरुलाई जानकारी दिएका थिए । आहा रारा गोल्ड कपको आयोजक रहेको सहाराले एकेडेमी सञ्चालनकै उद्देश्य हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

आहा गोल्ड कपबाट वचत रकमबाटै क्लबले एकेडेमी सञ्चालन गर्दै आएको छ । सहारा एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरुले रहेका छन् । एकेडेमीमा नियमित फुटबल प्रशिक्षण हुन्छ भने उनीहरु सबैलाई क्लबले अध्ययन गराइरहेको छ । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप चैत १७ गते २८ गतेसम्म सञ्चालन हुने र त्यसका लागि तयारी सुरु भइसकेको सहाराले जनाएको छ ।

ओलम्पियन खेलाडी विष्टले धेरै पटक सहाराले गर्दै आएको फुटबल विकास र सामाजिक कार्यका विषयमा आफू पहिलाबाटै जानकार रहेपनि एकेडेमी नै पुगेर पहिलो पटक निरिक्षण गर्न पाउँदा खुसी लागेको बताए । आठौं देखि ११ औं साग मा लगातार ४ पटक स्वर्ण पदक र एसियाली खेलकुदमा दुई पटक कास्य पदक जितेका विष्टले अपेक्षा गरे भन्दा पनि सहाराले व्यवस्थित रुपमा एकेडेमी सञ्चालन गरेको महसुस भएको बताए ।

आठौं र नवौं सागमा स्वर्ण पदक विजेता समेत रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का अध्यक्ष दीपक श्रेष्ठले सरकारले सहाराले सञ्चालन गरेको एकेडेमीमा बार्षिक रुपमै सहयोग गर्नुपर्नेमा जोड दिदै त्यसका लागि एनएनआइपिएले पनि पहल गर्ने वचन दिए । मन्देले गत वर्ष स्वर्णमा आयोजना भएको १३ औं सागमा करातेको एकल र टिम कातामा स्वर्ण पदक जितेका थिए ।

पदकधारी खेलाडीसँगै केल्मी नेपालका निर्देशक समेत रहेका एनआरएनए एनसिसीका अध्यक्ष प्रदीप न्यौपाने, धनगढी प्रिमियर लिग (डिपिएल) का हर्क बोहरा, रेडियो कान्तिपुरका समाचार प्रमुख पवन आचार्य, हाम्रो खेलकुद डट कमका सम्पादक प्रकाश तिमल्सिनाले एकेडेमी अवलोकन गरेका थिए ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.