default_image

3 years ago

February 14, 2021

झापा प्रदेश स्तरिय फुटबलको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – झापा फुटबल क्लब प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुन्दर हरैचामा सञ्चालित प्रतियोगितामा आइतबार पूर्वाञ्चल एपिएफ सुनसरीलाई सडन डेथमा पराजित गर्दै झापा अन्तिम ४ मा पुगेको हो । निर्धारित समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो […]

20 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – झापा फुटबल क्लब प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सुन्दर हरैचामा सञ्चालित प्रतियोगितामा आइतबार पूर्वाञ्चल एपिएफ सुनसरीलाई सडन डेथमा पराजित गर्दै झापा अन्तिम ४ मा पुगेको हो । निर्धारित समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो । झापा ६–४ ले विजयी भएको थियो । २६ औं मिनेटमा मौसम सुब्बाको गोलबाट झापाले अग्रता लिएको थियो । उज्वल राईले ५४ औं मिनेटमा पेनाल्टी गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

टाइब्रेकरमा झापाका लागि श्याम मुरम, अभिषेक गुरुङ, सरोज कार्की, सञ्जिव राई, सञ्जय गुरुङ र रोमन भुजेलले गोल गरे । प्रमोद चौधरी, मौसम सुब्बा र सञ्जिव बुढाथोकीले भने गोल गर्न सकेनन् ।


एपिएफका लागि उज्वल राई, सन्तोष कटुवाल, नवीन चौधरी, सविन थापा र गोविन्द बस्नेतले गोल गरे । शारद राईको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । त्यस्तै हरि कार्की, योगेश मगर र सुजन चौधरीको प्रहारलाई विपक्षी गोलकिपरले रोकेका थिए ।

झापाका गोलकिपर सञ्जय गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए । नेपाली कांग्रेस महा समिति सदस्य सुन्दर हरैचा नगरपालिका ललीत श्रेष्ठले सञ्जयलाई २ हजार १ सय रुपैयाँ हस्तान्तरण गरे ।

प्रतियोगितामा सोमबार हुने तेस्रो क्वार्टरफाइनलमा आयोजक झरना युवा क्लब र मोरङको लेटाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.