default_image

3 years ago

February 16, 2021

नेयमारबिनै बार्सिलोनालाई रोक्ने योजना

एजेन्सी – बार्सिलोनाविरुद्ध मंगलबार हुने प्रि क्वार्टरफाइनलको पहिलो लेगमा आफूसँग उपलब्ध खेलाडीमाथि विश्वास रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले बताएका छन् । ‘पिएसजी नेयमारविना क्याम्प नोउ पुग्दैछ । बार्सिलोनालाई कसरी रोक्ने भन्ने योजना बनाउनु छ । त्यस्तै आक्रमण कस्तो उतार्ने भन्ने विषयमा पनि विचार गर्नुपर्नेछ’, उनले भने,’हामी जहिले पनि आफ्नो खेलाडीमा विश्वास […]

60 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाविरुद्ध मंगलबार हुने प्रि क्वार्टरफाइनलको पहिलो लेगमा आफूसँग उपलब्ध खेलाडीमाथि विश्वास रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले बताएका छन् ।

‘पिएसजी नेयमारविना क्याम्प नोउ पुग्दैछ । बार्सिलोनालाई कसरी रोक्ने भन्ने योजना बनाउनु छ । त्यस्तै आक्रमण कस्तो उतार्ने भन्ने विषयमा पनि विचार गर्नुपर्नेछ’, उनले भने,’हामी जहिले पनि आफ्नो खेलाडीमा विश्वास गछौं । उपलब्ध मध्ये उपयुक्त टोली निर्माण गर्दै सफलता नतिजाको प्रयास गर्नेछौं ।’

पछिल्ला केहि सातामा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा परिवर्तन ल्याएको इस्पानुयोलका पूर्व प्रशिक्षक समेत रहेको पोचेटिनोले बताएका छन् । ‘बार्सिलोनामा परिवर्तन देखिएको छ । जति बेला रोनाल्डले सम्हालेका छन् त्यसपछि फरक देखिएको छ,’ उनले थपे,’ टोली फरक स्तरमा पुगेको छ । नयाँ अध्याय सुरु भएको छ । विस्तारै टोलीले उच्च प्रदर्शन दिन थालेको छ ।’

पोचेटिनोले सात महिनाअघि बार्सिलोना सम्हालेका कोम्यानले आफ्नो क्षमता टोलीमा प्रयोग गरेको बताएका छन् । ‘उत्कृष्ट खेलाडीहरुबाट बलियो टोली तयार भएको छ,’ उनले भने, ‘उनीहरुलाई थाहा छ कसरी प्रतिस्पर्धा गर्नुपर्छ भन्ने । टोली जित्नका लागि तयार भएको छ । ठूला क्लबलाई कसरी जित्ने उनीहरु त्यसरी तयार भएका छन् । पिएसजी पनि त्यहि स्तरको टोली प्रतिस्पर्धा र जितका लागि तयार छ ।’

पिएसजीमा चोटको समस्या

नेयमारसँगै एन्जल डि मारिया पनि चोटका कारण बार्सिलोना विरुद्ध उत्रने छैनन् । त्यसैले केलियन एमबाप्पेले टोलीको आक्रमण सम्हाल्नेछन् । माउरो इकार्डी, माउसे केन, जुलिया डिआक्स्लर र पाब्लो साराबियाले बार्सिलोनाविरुद्ध सुरुवात गर्ने सम्भावना छ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.