default_image

3 years ago

February 16, 2021

बिल्वाओको चार गोल

एजेन्सी – एथलेटिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ । बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलियम्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो । क्याडिजमा सोमबार राति भएको खेलको चौथो मिनेटमा नै बिल्वाओले एलेक्स बेरेनगुएरको […]

33 views

0 Bookmark

एजेन्सी – एथलेटिको बिल्वाओले स्पेनिस ला लिगामा क्याडिजलाई उसकै मैदानमा ४–० ले पराजित गरेको छ ।

बिल्वाओको फराकिलो जितमा एलेक्स बेरेनगुएरले दुई तथा युनाई लोपेज र इनाकी विलियम्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

क्याडिजमा सोमबार राति भएको खेलको चौथो मिनेटमा नै बिल्वाओले एलेक्स बेरेनगुएरको गोलबाट अग्रता लिएको थियो । १५औं मिनेटमा युनाई लोपेजले गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।

२९औं मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिल्वाओलाई पहिलो हाफमा ३–० ले अघि बढाए । ५२औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई ४–० को सानदार जित दिलाए ।

यो जितसँगै बिल्वाओ २२ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्याडिज २४ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.