default_image

3 years ago

February 16, 2021

नेयमारको अनुपस्थितिले कोम्यान दुखि

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पिएसजीका स्टार नेयमार चोटका कारण अनुपस्थित हुने भएपछि दुख व्यक्त गरेका छन् । बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा मंगलबार राती पिएसजीको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ । बार्सिलोना घरेलु मैदानमा सकारात्मक नतिजा निकाल्दै आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ । पिएसजी […]

33 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पिएसजीका स्टार नेयमार चोटका कारण अनुपस्थित हुने भएपछि दुख व्यक्त गरेका छन् ।

बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा मंगलबार राती पिएसजीको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ । बार्सिलोना घरेलु मैदानमा सकारात्मक नतिजा निकाल्दै आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ । पिएसजी स्टार नेयमार घाइते हुनुले पनि पाहुना टोलीलाई केहि कठिन हुने देखिन्छ ।

प्रशिक्षक कोम्यानले भने खेलअघि पत्रकार सम्मेलनमा नेयमारजस्ता खेलाडीलाई रेफ्रीले केहि सुरक्षा दिनुपर्ने बताए । ‘यी खेलाडीलाई रेफ्रीले केहि सुरक्षा दिनुपर्छ । नेयमार, मेस्सी, रोनाल्डो.. यी खेलाडीले गर्दा नै फुटबलमा मनोरञ्जन लिन पाएका छौं । खेलमा एक अर्कासँग जुध्नु स्वभाविक हो तर रेफ्रीले सुरक्षा भने दिनुपर्छ,’ उनले भने ।

नेयमार फ्रान्सेली लिग अन्तर्गत केनविरुद्ध खेलमा घाइते भएका थिए । उनी एक महिनासम्म मैदानबाहिर रहने बुझिएको छ । दोस्रो लेगका लागि भने उनी उपलब्ध हुने झिनो सम्भावना छ ।

बार्सिलोनामा भने चोटका कारण बाहिर रहेका डिफेन्डर जेरार्ड पिके टोलीमा फर्कने भएका छन् । ‘पिके प्रशिक्षणमा फर्किएका छन् । उनले ४-५ दिन प्रशिक्षण गरेका छन् । आशा गरौँ अन्तिम प्रशिक्षणपछि हामीलाई थप बल प्राप्त हुनेछ,’ उनले थपे ।

कोम्यानले सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित पिएसजीविरुद्ध उत्रने प्रष्ट पारे । ‘ हामी आफ्नो प्रदर्शन सुधार्दै राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं । पिएसजी राम्रो टोली हो र हामी उत्तिकै मिहिनेत गर्नेछौ,’ उनले थपे, ‘हामीले कसरि खेल्ने भन्ने योजना बनाएका छौं । यो मेस्सी विरुद्ध एमबाप्पे खेल होइन, तर उनीहरु विशेष खेलाडी पक्कै हुन् ।’

‘पिएसजी पनि उपाधि दाबेदार टोली हो । अवे खेलमा गोल गर्ने उनीहरुको लक्ष्य पक्कै हुनेछ । हाम्रो लागि क्लिन सिट राख्नु महत्त्वपूर्ण हुन्छ । एमबाप्पेको गति रोक्नु ठूलो चुनौती छ,’ उनले टुंग्याए ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.