default_image

3 years ago

February 17, 2021

एमबाप्पेको ह्याट्रिकमा बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – युवा फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को सानदार जित दर्ता गरेको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता […]

53 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को सानदार जित दर्ता गरेको छ ।

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिएपनि एमबाप्पेले सानदार प्रदर्शन गर्दै बार्सिलोनालाई घरेलु मैदानमा स्तब्ध पारे । पहिलो हाफमा बराबरी गोल फर्काएका एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए । मोइस किनले अर्को गोल थपे ।

खेलको २७ औं मिनेटमा मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अघि बढाए । तर बार्सिलोनाको अग्रता ५ मिनेट पनि टिक्न सकेन ।

एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र बल नियन्त्रण र फिनिसिङको उत्कृष्ट नमुना पेस गर्दै खेल बराबरीमा ल्याए । दायाँ विंगबाट आएको क्रसलाई मार्को भेराट्टीले एमबाप्पेतर्फ फ्लिक गरेपछि युवा फरवार्डले बल नियन्त्रणमा लिँदै लेंगलेटलाई छलाए र दोस्रो टच लिएर शक्तिशाली प्रहार गरेका थिए । एमबाप्पेको उक्त प्रहारलाई टेर स्टेगनले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । फ्लोरेन्जीले दायाँ विंगबाट दिएको क्रस जेरार्ड पिकेले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र खाली रहेको बललाई एमबाप्पेले पहिलो टचमा नै गोल गरे ।

त्यसको ५ मिनेटपछि इटालियन फरवार्ड मोइस किनले अग्रता दोब्बर पारे । पारेडेसको फ्रिकिक बलमा किनले अफसाइड ट्रयाप बिट गर्दै गरेको हेडर स्टेगनले बचाउन सकेनन् । किनले डिफेन्डर लेंगलेटलाई झुक्याएर खाली रहेको अवस्थामा हेडर प्रहार गरेका थिए ।

खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । बार्सिलोनाले पाएको कर्नरमा पिएसजीले काउन्टर अट्याकमा गोल गर्दै खेलमा बलियो पकड जमायो । जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लरले दिएको अन्तिम पासलाई एमबाप्पेले पहिलो टचमा नै पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै ४-१ को जित पक्का गरे ।

अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ । चोटका कारण खेल गुमाएका ब्राजिलियन सुपरस्टार नेयमार पनि उक्त खेलका लागि उपलब्ध हुने सम्भावना छ ।

बार्सिलोनाले युरोपेली प्रतियोगितामा १ सय ५१ औं घरेलु खेल खेल्दा पहिलो पटक लगातार हार बेहोरेको हो । पिएसजी बार्सिलोनालाई घरेलु मैदानमा हराउने दोस्रो फ्रान्सेली टोली पनि बन्न सफल रहयो । पिएसजीले प्रतियोगिताको पछिल्लो २० अवे खेलमा लगातार गोल गर्दै रियल म्याड्रिडको २२ खेलको कीर्तिमाननजिक पुगेको छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.