default_image

3 years ago

February 17, 2021

लाइप्जिगमाथि लिभरपुलको जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा लिभरपुलले आरबी लाइप्जिगको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ । लाइप्जिगले डिफेन्समा गरेको गल्तिको फाइदा उठाउँदै मोहमद सलाह र साडियो मानेले गोल गरेपछि लिभरपुलले पहिलो लेगमा अग्रता बनाएको हो । कोरोना संक्रमणका कारण बुडापेस्टको मैदानमा भएको लिभरपुलको अवे खेलमा टोलीले प्रिमियर लिगमा […]

32 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा लिभरपुलले आरबी लाइप्जिगको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ ।

लाइप्जिगले डिफेन्समा गरेको गल्तिको फाइदा उठाउँदै मोहमद सलाह र साडियो मानेले गोल गरेपछि लिभरपुलले पहिलो लेगमा अग्रता बनाएको हो । कोरोना संक्रमणका कारण बुडापेस्टको मैदानमा भएको लिभरपुलको अवे खेलमा टोलीले प्रिमियर लिगमा बेहोरेको लगातार तीन हारको सिलसिलामाथि पनि पूर्णविराम लगाएको छ ।

खेलको ५३ औं मिनेटमा सलाहले लाइप्जिगका मार्सल साबिट्जरको ब्याक पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनको स्थितिमा अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै लिभरपुलले मानेको गोलमा अग्रता दोब्बर पार्यो । कार्टिस जोन्सको लामो पासलाई डिफेन्डर नोर्डिक मुकिएलेले नियन्त्रणमा लिन खोज्दा लडेपछि मानेले बल अघि बढाउँदै वन भर्सेस वनकै स्थितिमा अग्रता दोब्बर पारे ।

त्यसअघि खेलको पाँचौ मिनेटमा नै लाइप्जिगका ड्यानी ओल्मोको हेडर पोस्टमा लागेर फर्कंदा लिभरपुल पछि पर्नबाट जोगिएको थियो । खेलको इन्ज्युरी समयमा कोरियाली ह्वाङ हि-चानको प्रहार बाहिरिंदा लाइप्जिगले खेलमा फर्कने अवसर पनि गुमाएको थियो ।

अब दुई टोलीले दोस्रो लेगको खेल एनफिल्डमा खेल्नेछन् । खेल १० मार्चमा हुनेछ ।

यो पनि : एमबाप्पेको ह्याट्रिकमा बार्सिलोनाको लज्जास्पद हार

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.