default_image

3 years ago

February 17, 2021

क्याम्प नोउमा एमबाप्पेको रोनाल्डो शैली

70 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती किलियन एमबाप्पेले आफ्नो उदाउँदो करीअरमा अर्को यादगार खेल थपे । बार्सिलोनाको मैदान क्याम्प नोउमा एमबाप्पेले ह्याट्रिक प्रहार गरेपछि पिएसजी ४-१ ले विजयी रहयो ।

एमबाप्पेको खेल्ने शैली र प्रदर्शनलाई लिएर उनी अब छिट्टै विश्वको सर्वोत्कृष्ट खेलाडी बन्दैछन् भन्नेमा सायदै दुइमत होला । करिआरको सुरुवात दिनदेखि नै उनको नाम क्रिस्टियानो रोनाल्डोसँग दाँजिएको थियो । एमबाप्पेले आफैं पनि पटक पटक रोनाल्डोको खुलेर प्रशंसा गर्दै आफू उनको खेलबाट प्रभावित भएको स्वीकारेका छन् ।

मंगलबार एमबाप्पेले बार्सिलोनाविरुद्ध गोल गरेपछि खुसियाली मनाउने क्रममा देखाएको हाउभाउले पनि त्यसमा थप जोड दिएको छ । रोनाल्डो आफैंले पनि रियल म्याड्रिडको जर्सीमा खेल्दा बार्सिलोनाविरुद्ध थुप्रै खेल खेले । उनले क्याम्प नोउमा पनि गोल गरेका छन् ।

एमबाप्पेले पनि मंगलबार क्याम्प नोउमा गोल गर्दा रोनाल्डोले सोहि मैदानमा गरेको गोलको खुसियाली देखाए । रोनाल्डोले रियल म्याड्रिड र युभेन्टसबाट खेल्दा क्याम्प नोउमा जुन जुन सेलेब्रेसन गरेका छन्, एमबाप्पेले त्यहि दोहोर्याए ।

स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा पिएसजीको आक्रमण कमजोर हुने अपेक्षा गरिएको थियो । तर एमबाप्पेले सानदार प्रदर्शन गर्दै सबैलाई प्रभावित बनाए । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके, क्लेमेन्ट लेंगलेट र सर्जिनो डेस्टका लागि बिर्सनलायक खेल रहयो ।

एमबाप्पेले क्याम्प नोउमा गोल पनि गरे, गोलको खुसियाली पनि रोनाल्डो शैलीमा मनाए र अब रियल म्याड्रिडसँग निकटता बढ्दै जाँदा उनले रोनाल्डोझैं भविष्य पनि सोहि क्लबमा देखेका छन् । उनले पिएसजी छाडेपछि रियल नै गन्तव्य हुने पक्का छ, अब प्रश्न छ कहिले ?

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.