default_image

3 years ago

February 19, 2021

म्यानचेस्टरको सानदार जितमा ब्रुनोको दुई गोल

31 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडलाई ४–० ले पराजित गरेको छ ।

युनाइटेडले सोसिडाडविरुद्ध पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो । टोरिनो इटालीमा बिहीबार राति भएको खेलमा युनाइटेडले खेलको २७औं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलबाट अग्रता लिएको थियो ।

उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा ब्रुनोले ड्यानियल जेम्सको पासमा व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए ।

६५औं मिनेटमा मार्कुस रासफोर्डले फ्रेडको पासमा गोल गर्दै युनाइटेडलाई सहज जिततर्फ अघि बढाए । ९०औं मिनेटमा इरिक बेइलीको पासमा ड्यानियल जेम्सले गोल गर्दै युनाइटेडलाई ४–० को सानदार जित दिलाए ।

न्युट्रल भेन्युको रुपमा टोरिनोमा खेल हुदा सोसिडाडले सोचेअनुरुपको खेल पस्कन नसक्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।

यो जितसँगै युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग ओल्डट्राफोर्डमा हुनेछ । दोस्रो लेगमा युनाइटेडलाई अघिल्लो चरण प्रवेश गर्न यही नतिजा पर्याप्त हुनेछ । सोसिडाडलाई ५–० को निश्चित जितको खाँचो हुनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.