default_image

3 years ago

February 20, 2021

लिड्समाथि वल्भ्सको जित

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा दोस्रो हाफमा इलान मेस्लिएरले गरेको आत्मघाती गोल नै वल्भ्सको जितमा निर्णायक बन्यो । उनले खेलको ६४औं मिनेटमा एडमा ट्राओरेको प्रहारलाई बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । आत्मघाती गोल पछि पनि दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा त्यही आत्मघाती गोल नै वल्भ्सको जितमा निर्णायक बन्यो ।

प्रिमियर लिगमा वल्भ्सको यो लगातार दोस्रो जित हो । लेस्टर सिटीसँग गोलरहित बराबरीपछि वल्भ्सले साउथह्याम्टनलाई २–१ ले पराजित गरेको थियो । यो जितसँगै वल्भ्स २५ खेलबाट ३३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित लिड्स २४ खेलबाट ३२ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.