default_image

3 years ago

February 20, 2021

चेल्सी बराबरीमा रोकियो

66 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेको हो ।

साउथह्याम्टनमा शनिबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा बराबरीको नतिजा निकालेको हो । साउथह्याम्टनका ताकुमी मिनामिनोले गोल गर्दा चेल्सीका मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।

सेन्ट मेरीज स्टेडियममा घरेलु टोली साउथह्याम्टनले खेलको ३३औं मिनेटमा मिनामिनोको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले नाथन रेडमन्डको पासलाई सदुपयोग गरेका थिए ।

५४औं मिनेटमा मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । पेनाल्टी बक्समा ड्यानी इंग्सले मासन माउन्टलाई अनावश्यक फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी दिदा माउन चुकेनन् ।

बल पोसेसनमा घरेलु टोलीलाई लगातार दवावमा राखेपनि चेल्सीले थप गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो ।

यो बराबरीसँगै चेल्सी २५ खेलबाट ४३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १३ अंकले पछि छ । दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीसँग३ अंकले पछि छ । साउथह्याम्टन २४ खेलबाट ३० अंक जोडेर १३औं स्थानमा छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.