default_image

3 years ago

February 22, 2021

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा सिटीको जितमा रहिम स्टर्लिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा रियाद महारेजको पासमम गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो […]

66 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा सिटीको जितमा रहिम स्टर्लिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा रियाद महारेजको पासमम गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । यो जितसँगै सिटी २५ खेलबाट ५९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडलाई १० अंकले पछि पारेको छ । युनाईटेडको ४९ अंक छ। पराजित आर्सनल ३४ अंक जोडेर १०औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाईटेडलाई ३-१ ले पराजित गरेको छ । युनाइटेडको जितमा मार्कुस रासफोर्ड, ड्यानियल जेम्स र ब्रुनो फर्नान्डेसले गोल गरे । न्युक्यासलका एलान सेन्ट म्याक्सीमिनले एक गोल फर्काए ।

यो जितसँगै दोस्रो स्थानमा रहेको युनाईटेडको २५ खेलबाट ४९ अंक पुगेको छ। न्युक्यासल २५ अंक जोडेर १७औं स्थानमा छ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.