default_image

3 years ago

February 22, 2021

लेस्टरलाई सफलता

एजेन्सी – पहिलो हाफमा जेम्स माडिसन र हार्भे बार्न्स गोल गरेपछि लेस्टर सिटीले प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई २–१ ले हराएको छ । माडिसनले १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट पछि नै बार्न्सले गोल गरेपछि टोलीले खेलमा पकड बनाएको थियो । दोस्रो हाफकै सुरुवातमा बेरट्रेन्ड ट्राउरेले गोल गर्दै […]

20 views

0 Bookmark

एजेन्सी – पहिलो हाफमा जेम्स माडिसन र हार्भे बार्न्स गोल गरेपछि लेस्टर सिटीले प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई २–१ ले हराएको छ ।

माडिसनले १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट पछि नै बार्न्सले गोल गरेपछि टोलीले खेलमा पकड बनाएको थियो । दोस्रो हाफकै सुरुवातमा बेरट्रेन्ड ट्राउरेले गोल गर्दै भिल्लालाई खेलमा फर्काउने कोसिस गरेका थिए । माट टारगेटको त्रलसमा ट्राउरे नजिकबाट गोल गरेका थिए ।

खेल सकिन ७ मिनेट बाँकी रहँदा मार्गान सानसोनले नजिकबाट बराबरी गर्ने मौका पाएका थिए । तर, उनको प्रहार पोष्टको केहि टाढाबाट बाहिरिँदा बराबरीको अवसर गुमेको थियो ।

पछिल्ला चार खेलमा लेस्टरको यो तेस्रो जित हो । समान ४९ अंक भएपनि गोलअन्तरमा म्यानचेस्टर युनाइटेड भन्दा पछि रहेको लेस्टर अंक तालिकाको तेस्रो स्थानमा छ । शीर्षस्थानको म्यान चेस्टर सिटीको भन्दा युनाइटेड र लेस्टरको १० अंक कम छ । समान ३६ अंक भएपनि टोटेनहमलाई पछि पार्दै एस्टन भिल्ला आठौं स्थानमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.