default_image

3 years ago

February 22, 2021

पिएसजी मोनाकोसँग स्तब्ध

एजेन्सी – माउरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षण सम्हाल्येता टोलीले लिग वानमा दोस्रो हार बेहोरेको छ । पिएसजी घरेलु मैदानमा मोनाकोसँग २–० ले स्तब्ध भउको हो । सोफिने डियोपको गोलबाट छैटौं मिनेटमा भ्रमणकारी टोलीले अग्रता लिएको थियो । रुबेन अगुइरले हेड गरेर मिलाएको बलमा केभिड भालान्डले क्रस गरेपछि डियोप गोल गर्न सफल भएका […]

39 views

0 Bookmark

एजेन्सी – माउरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षण सम्हाल्येता टोलीले लिग वानमा दोस्रो हार बेहोरेको छ । पिएसजी घरेलु मैदानमा मोनाकोसँग २–० ले स्तब्ध भउको हो ।

सोफिने डियोपको गोलबाट छैटौं मिनेटमा भ्रमणकारी टोलीले अग्रता लिएको थियो । रुबेन अगुइरले हेड गरेर मिलाएको बलमा केभिड भालान्डले क्रस गरेपछि डियोप गोल गर्न सफल भएका थिए । दोस्रो हाफमा गुलिर्मो मारिपानले गोलअन्तरलाई दोब्बर पारेका थिए । उनको प्रहार रोक्न एन्डर हेरारे असफल भएका थिए ।

पिएसजीले खेलभरमा पटक पटक प्रहार गरेपनि गोल भएन । च्याम्पियन्स लिग प्रिक्वार्टरको पहिलो लेगमा बार्सिलोनालाई ४–१ ले हराएको पिएसजी आइतबार भने सुरुवातमै गोल खाएपछि खेलमा फर्कन सकेन ।

निको कोभाकको टोलीले अग्रतालाई अझै फराकिलो बनाउनेअ वसर पाएको थियो । सिक्स यार्ड बक्सबाट भोलान्डको हेडर पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलमा बढी बल नियन्त्रणमा राखेपनि पिएसजीले जारी लिग वानमा पाँचौं हार बेहोरेको छ ।

५८ अंकसहित शीर्षस्थानको लिल भन्दा पिएसजीको ४ अंक कम छ र टोली तेस्रो स्थानमा छ । २ अंक कम रहेको मोनाको चौथो स्थानमा छ ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.