default_image

3 years ago

February 22, 2021

यो साता बार्सिलोनाको अर्को परिक्षा

एजेन्सी – गत सिजन उपाधि विहिन रहेको बार्सिलोनाका लागि यो सिजन पनि मिश्रित खालको रहेको छ । टोलीका लागि पछिल्लो दुई खेल निराशाजना रह्यो । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलमा घरेलु मैदानमा बार्सिलोना ४–१ ले निराश भएको थियो । त्यसलाई बिर्सेर टोली ला लिगामा विजय यात्रालाई अघि बढाउन लक्ष्यमा थियो । शनिबार […]

35 views

0 Bookmark

एजेन्सी – गत सिजन उपाधि विहिन रहेको बार्सिलोनाका लागि यो सिजन पनि मिश्रित खालको रहेको छ । टोलीका लागि पछिल्लो दुई खेल निराशाजना रह्यो । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलमा घरेलु मैदानमा बार्सिलोना ४–१ ले निराश भएको थियो ।

त्यसलाई बिर्सेर टोली ला लिगामा विजय यात्रालाई अघि बढाउन लक्ष्यमा थियो । शनिबार शीर्ष स्थानको एट्लेटिको म्याड्रिड पराजित भएपछि अंक अन्तरलाई घटाउने बार्सिलोनालाई अवसर पनि आएको थियो । आइतबार बार्सिलोनाले काडिजविरुद्ध खेलमा राम्रै सुरुवात गरेको पनि थियो ।

सुपर स्टार लिओनल मेस्सीको पेनाल्टी गोलबाट बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो । तर, खेल सकिदा बार्सिलोनाले काडिजसँग १–१ को बराबरीमा चित्त बुझाउनुप¥यो । त्यो खेल जित्न सकेको भए बार्सिलोना उपाधि दौडमा फर्कने उपेक्षा गरिएको थियो ।

बराबरीपछि शीर्षस्थानको एट्लेटिको भन्दा बार्सिलोना ८ अंकले पछाडि छ । च्याम्पियन्स लिगमा बार्सिलोना अघि बढ्ने सम्भावना निकै कमजोर भइसकेको छ । बार्सिलोनाका लागि यो सिजन पनि अघिल्लो सिजनको निरन्तरता हुन सक्ने खतरा बढ्दो छ ।

क्लेमेन्ट लेङलेटको गल्तिमा काडिजले खेलको अन्त्यतिर पेनाल्टी पाएको थियो । त्यसलाई काडिजले खेर जान दिएन र बार्सिलोनासँग अंक खोस्न सफल रह्यो । ‘उपाधिका लागि निकै लामो यात्रा तय गर्न पर्नु हुन्छ, अंक अन्तर बढ्दै गएको छ,’ बार्सिलोनाका रक्षक जेरार्ड पिकेले भने,‘ बुधबार इल्चेविरुद्ध हाम्रो अर्को परिक्षा छ । यदि हामीले राम्रो सुरुवात गर्यौं भने सुखद नतिजा निकाल्न सक्छौं ।

रोनाल्ड कोम्यानका खेलाडीलाई आरामको मौका खासै हुने छैन । आइतबारको निराशाजनक नतिजापछि टोलीले बुधबार इल्चेको सामना गर्नुपर्नेछ । डट प्रशिक्षक कोम्यानका लागि पनि त्यो खेल महत्व्पूर्ण हुनेछ । यो वर्षको सुरुवातबाट बार्सिलोनाले राम्रो प्रदर्शन गर्दै आएको थियो । तर पिएसजीसँगको हार र काडिजसँगको बराबरीले फेरि कोम्यानमाथि दबाब बढाएको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.