default_image

3 years ago

February 27, 2021

राजारानीलाई चौबिसे रनिङ फुटबल उपाधि

धनकुटा (हाम्रो खेलकुद) – राजारानी वडा नं ६ ले चौबिसे रनिङ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मुढेबास वडा नं २ लाई ३–० ले हराउँदै राजारानीले उपाधि जितेको हो । राजारानीलाई जित दिलाउन खेमराज विक, दिलबहादुर लिम्बु र यौमन लिम्बुले गोल गोल गरे । पहिलो हाफमै टोलीले ३–० को अग्रता लिएको थियो । खेमराजले २३ […]

18 views

0 Bookmark

धनकुटा (हाम्रो खेलकुद) – राजारानी वडा नं ६ ले चौबिसे रनिङ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मुढेबास वडा नं २ लाई ३–० ले हराउँदै राजारानीले उपाधि जितेको हो । राजारानीलाई जित दिलाउन खेमराज विक, दिलबहादुर लिम्बु र यौमन लिम्बुले गोल गोल गरे ।

पहिलो हाफमै टोलीले ३–० को अग्रता लिएको थियो । खेमराजले २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । दिलले ३२ औं र यौमनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।

विजेता टोलीले उपाधिसहित ५५ हजार रुपैयाँ प्राप्त गर्यो । विजेता, उपविजेता टोललाई संविधान सभा सदस्य टिकाराम चेम्जोङलगायतले पुरस्कृत गरे । फागुन १२ गते देखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.