default_image

3 years ago

March 1, 2021

‘रोनाल्डो आएपछि युभेन्टस कमजोर’

एजेन्सी – इटालियन फरवार्ड एन्टोनियो कासानो अरुको आलोचना गर्नबाट टाढै बस्न रुचाउँछन् । तर युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोका विषयमा भने उनले केहि कडा टिप्पणी गरेका छन् । व्यक्तिगत रुपमा पाँच पटकका बालोन डि ओर विजेता रोनाल्डाको प्रदर्शन सन्तोषजनक भएपनि युभेन्ट्सले उनलाई लिनुको उद्देश्य पूरा हुन नसकेको कासानोले बताएका छन् । ‘युभेन्ट्सले च्याम्पियन्स लिग उपाधि जित्नका […]

48 views

0 Bookmark

एजेन्सी – इटालियन फरवार्ड एन्टोनियो कासानो अरुको आलोचना गर्नबाट टाढै बस्न रुचाउँछन् । तर युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोका विषयमा भने उनले केहि कडा टिप्पणी गरेका छन् ।

व्यक्तिगत रुपमा पाँच पटकका बालोन डि ओर विजेता रोनाल्डाको प्रदर्शन सन्तोषजनक भएपनि युभेन्ट्सले उनलाई लिनुको उद्देश्य पूरा हुन नसकेको कासानोले बताएका छन् ।

‘युभेन्ट्सले च्याम्पियन्स लिग उपाधि जित्नका लागि रोनाल्डोलाई भित्राएको थियो । तर उनी आबद्ध भइसकेपछि विगतमा भन्दा पनि टोलीको प्रदर्शन कमजोर भएको छ,’ उनले थपे, ‘ उनी विना पनि युभेन्ट्सले सिरि ए उपाधि जितेको थियो । मलाई लाग्छ उनी यहाँ भने असफल भएका छन् ।’

१ सय २० वर्ष भन्दा लामो इतिहास भएको युभेन्ट्सले लिग उपाधि जितलाई मात्र चासो दिनु गलत भएको उल्लेख गर्दै कासानोले भने, ‘माउरिजियो सारी र आन्द्रे पिर्लोले त्यो परिचयलाई बदल्ने कोसिस गरेका छन् । उनीहरुले जितलाई भन्दा पनि खेल्ने शैलीलाई सुधार गर्न चाहेका छन् । तर रोनाल्डोले त्यो अनुसार आफूलाई ढाल्न सकेका छैनन् ।’

यद्दपी रोनाल्डो गोल गर्नमा भने सफल भइरहेको छन् । कासानोको नजरमा गोल कसरी गर्ने भन्ने उनलाई राम्ररी थाहा छ । ‘उनी बायाँबाट खेल्छन् र बल पाएपछि दायाँले गोल गर्ने प्रयास गर्छन्, उनले भने ।

‘तर पिर्लो खेललाई बुन्दै लान चाहन्छन् । लाइनबाट खेल्दै विपक्षीमाथि दबाब बढाउन चाहन्छन् । तर रोनाल्डो त्यस्तो गर्न सकिरहेका छैनन् । मलाई लाग्छ पछिल्लो तीन वर्ष रोनाल्डोका लागि उत्कृष्ट रहेन ।’

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.