default_image

3 years ago

March 1, 2021

चेल्सी र म्यानचेस्टरको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सीको घरेलु मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल गर्न नसक्दा चेल्सी जितबाट वञ्चित बन्यो । युनाइटेडले पनि केही सुन्दर अवसर खेर फालेको थियो । खेलको ३१औं मिनेटमा ओलिभर जिरुउडको प्रहारलाई युनाइटेडका गोलरक्षक […]

55 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीको घरेलु मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल गर्न नसक्दा चेल्सी जितबाट वञ्चित बन्यो । युनाइटेडले पनि केही सुन्दर अवसर खेर फालेको थियो ।

खेलको ३१औं मिनेटमा ओलिभर जिरुउडको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए । ३५औं मिनेटमा कलुम हड्सन ओडोइको क्रसमा जिरुउडको डाइभिङ हेडरले पोस्टको दशा लिन सकेन ।

४८औं मिनेटमा बेन चिलवेलको क्रस पासमा हाकिम जियाचको प्रहारलाई गोलरक्षक डेभिड हे गेयाले नियन्त्रणमा लिन नसक्दा रिवाउन्डमा रिस जेम्सको प्रहार बाहिरिएको थियो ।

५९औं मिनेटमा मासन ग्रीनवुडको कर्नरमा ब्रुनो फर्नान्डेसको प्रहारले पोस्ट नजिकैबाट बाहिरियो । लगत्तै लुका साको क्रसमा आरोन वान बिशाखाको कट ब्याकमा स्कट म्याकटोमिनेको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले सहजै बचाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फ्रेडको प्रहार बाहिरिदा युनाइटेड गोलबाट वञ्चित बन्यो ।

यो बराबरीपछि चेल्सीले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सी २६ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ५० अंक छ । युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १२ अंकले पछि छ । सिटीको ६२ अंक छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.