default_image

3 years ago

March 5, 2021

चेल्सीले लिभरपुललाई हरायो

39 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लिभरपुललाई पराजित गरेको छ ।
चेल्सीले लिभरपुललाई उसकै मैदानमा १–० को हार चखाएको हो ।

चेल्सीको जितमा मासन माउन्टले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । एनफिल्डमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बल पोसेसनमा घरेलु टोली लिभरपुलले पकड बनाएपनि फिनिसिङ गर्न सकेन ।

खेलको सातौ मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा मोहम्मद सलाहको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ११औं मिनेटमा बेन चिलवेलको पासमा टिमो वेर्नरको हाफ भली प्रहार क्रसबारबाट थोरै बाहिरिदा चेल्सीले अग्रता लिन सकेन ।

१६औं मिनेटमा कप्तान सिजर एज्पिलिक्वेटाको पासमा टिमो वेर्नरको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाए । २४औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि चिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए ।

२८औं मिनेटमा साडियो मानेले सुवर्ण अवसर खेर फाले । ४२औं मिनेटमा मासन माउन्टले एङ्गोलो कान्टेको पासमा गोल गर्दै चेल्सीलाई १–० ले अघि बढाए । ५४औं मिनेटमा बेन चिलवेलको पासमा हाकिम जियाचको प्रहारलाई एन्ड्रिउ रोबर्टसनले गोललाइनबाट बचाएपछि चेल्सीको अग्रता दोब्बर हुन सकेन ।

७६औं मिनेटमा जर्गिन्हो र माउन्टको समन्वयमा वेर्नरको प्रहारलाई गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । ८५औं मिनेटमा रोबर्टाे फिर्मिनोको प्रहारले पोस्टको दिशा लिन नसक्दा लिभरपुल बराबरीबाट चुक्दै पराजित हुन पुग्यो ।

जितसँगै चेल्सी प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । चेल्सीको २७ खेलबाट ४७ अंक पुगेको छ । पराजित लिभरपुलले शीर्ष चारमा उक्लने मौका गुमाउदा ४३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.