default_image

3 years ago

March 10, 2021

बाँसबारीको पोस्टमा खुमलटारको चार गोल

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले आफ्नो अन्तिम खेलमा एराउन्ड दि मिहालय बाँसबारी क्लबमाथि फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा खुमलटारले बाँसबारीमाथि ४–० को फराकिलो जजित निकालेको हो । खुमलटारको जितमा आदिल हामिद, प्रशान्त अवस्थी, आयुष घलान र महेश राईले गोल गरे ।

खेलको १३औं मिनेटमा आदिल हामिदको गोलबाट खुमलटारले अग्रता लिएको थियो । ४१औं मिनेटमा प्रशान्तले गोल गर्दै खुमलटारलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा आयुषले गोल गर्दै खुमलटारलाई ३–० ले अघि बढाए । ७७औं मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै खुमलटारले लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । खुमलटारले ११ खेलमा २५ अंक जोड्यो । सातदोबाटो युथ क्लबले दुई खेल बाँकी छदै लिगको उपाधि जितिसकेको छ । बाँसबारी ११ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.