default_image

3 years ago

March 11, 2021

बार्सिलोनालाई हराउदै पीएसजी क्वाटरफाइनलमा

40 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपनि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो ।

घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।

खेलको ३१औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता लिएको थियो । क्लेमेन्ट लेङ्लेटले पेनाल्टी बक्समा विपक्षी खेलाडीमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पीएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाप्पे चुकेनन् ।

पीएसजीको त्यो अग्रता लामो समय टिकेन । ३७औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेड्रीको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीले पेनाल्टी चुकाउदा बार्सिलोनाले अग्रता लिन सकेन । लेभिन कुर्जावाले एन्टोइन ग्रिजमनलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा मेस्सीको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाएका थिए ।

इन्ज्युरी समयको पाँचौ मिनेटमा मेस्सीको कर्नरमा सर्जियो बुस्क्वेट्को फ्लिक हेडरलाई पीएसजीका डिफेन्डरले गोललाइनबाट बचाए । ७०औं मिनेटमा बुस्क्वेट्सको अर्काे प्रहारमा नाभास बाधक बने ।

बल पोसेसनमा पकड राख्दै घरेलु टोलीमाथि लगातार दवाव बढाएपनि बार्सिलोनाले पीएसजीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । पीएसजीका लागि गोलरक्षक केलर नाभासले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.