default_image

3 years ago

March 11, 2021

एट्लेटिको म्याड्रिडको ६ अंकको अग्रता

43 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले स्पष्ट ६ अंकको अग्रता लिएको छ ।
बुधबार राति घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा स्पष्ट अग्रता कायम गरेको हो ।

एट्लेटिकोको २६ खेलबाट ६२ अंक रहेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ । पराजित बिल्वाओ ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

वान्डा मेट्रोपोलिटानोमा घरेलु टोलीको जितमा मार्काेस लोरेन्टे र लुइस सुआरेजले गोल गर्दा बिल्वाओका इकर मुनिएनको गोल सान्त्वना बन्यो । खेलको २१औं मिनेटमा इकर मुनिएनको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । उनले इनाकी विलियम्सको पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्काेस लोरेन्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस लेमारको पासमा गोल गरेका थिए ।

५१औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि बिल्वाओलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा एट्लेटिको २–१ ले विजयी हुन सफल भयो ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.