default_image

3 years ago

March 17, 2021

रोनाल्डो रियल फर्कने जिदानको संकेत

57 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सान्टियोगो बर्नाबेउ फर्कने सक्ने सम्भावना रहेको संकेत गरेका छन् ।

इटालियन क्लब युभेन्टस युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले क्लब छाड्ने चर्चा चलिरहँदा जिदानले उनी पुनः रियल फर्किने संकेत दिएका हुन् ।

युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग (४–४ को बराबरी) भएपनि अवे गोलका आधारमा पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । पोर्चुगिज क्लब पोर्टोविरुद्धको खेलमा रोनाल्डो गोल गर्न असफल भएका थिए । पछिल्ला तीन सिजन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस पछि परेपनि दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गरेपनि यसपटक त्यसो हुन सकेन ।

२०१८ मा रोनाल्डो इटाली आएकै सिजन स्पेनिस क्लब एट्लेटिको म्यड्रिडसँगको पहिलो लेगमा २–० ले पछि परेपनि दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै युभेन्टसलाई अघि बढाएका थिए ।अघिल्लो सिजन लियोनविरुद्ध पहिलो लेगमा १–० ले पछि परेपनि दोस्रो लेगमा २–१ को जित निकाल रोनाल्डोले दुवै गोल गरेपनि अवे गोलको आधारमा युभेन्टस बाहिरिएको थियो ।

पोर्टोविरुद्ध गोल गर्न नसकेपछि उनको आलोचना भएसँगै युभेन्टस छोड्ने चर्चा चुलिएको हो । यसै चर्चाका बीच रियलका प्रशिक्षक जिदानले युभेन्टस छोडेर पूर्वक्लब रियल फर्किने कुरा सत्य हुनसक्ने भन्दै रोनाल्डो बर्नाबेउ फर्किन संकेत दिएका हुन् ।

‘रोनाल्डो रियल फर्किने हल्लाहरू साँचो पनि हुन्छन् ? पक्कै पनि यस्तो हुनसक्छ । हामी रोनाल्डोलाई चिन्छौं, हामीलाई राम्ररी थाहा छ कि उनले रोनाल्डोका लागि कतिसम्म गरेका छन्,’ उनले एटलान्टाविरुद्धको खेलअघि भने, ‘तर अहिले उनी युभेन्टसका एक खेलाडी हुन् । उनले अर्कै क्लबका लागि खेलिरहेका छन् । हामी उनको भविष्य के हन्छ हेर्नेछौं ।’

रोनाल्डो रियलको सर्वाधिक गोलकर्ता हुन् । उनले रियलको लागि ४३८ खेलमा ४५० गोल गर्नुका साथै १३२ असिस्ट दिएका छन् । ९ वर्ष रियलमा बिताएका रोनाल्डोले २०१८ मा रियल छाड्दै युभेन्टस पुगेका थिए ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.