default_image

3 years ago

March 17, 2021

एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटीको लगातार दोस्रो जित

21 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

स्टारका कुलदिप कार्की र रुप बहादुर लामाले गोल गर्दा सैनिकका जीवन गुरुङले एक गोल फर्काए । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो । लगातार दोस्रो जितसँगै स्टार सिटीको दुईै खेलबाट ६ अंक पुगेको छ ।

स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जितले टोलीको आत्मविश्वास बलियो बनेको बताए । एन्फा लिग जित्दै राष्ट्रिय लिग खेल्ने हाम्रो लक्ष्य हो । त्यसमा हामी केन्द्रित भएर खेलिरहेका छौं । टोलीमा सिनियर र युवा खेलाडीको संयुक्त रुपमा मिश्रित टिम छ । यसले हामीलाई प्रतियोगितामा च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ ।’ झापाका प्रशिक्षक सन्जय राईले पहिलो रोजाईका खेलाडी नहुँदा समस्या भएको बताए ।

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

Success

Thank you for your time.