default_image

3 years ago

March 21, 2021

गोलरक्षकले अन्तिम समयमा गोल गर्दा सेभिया हारबाट जोगियो

एजेन्सी – गोलरक्षक यासिन बोनोले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि ला लिगा अन्तर्गत स्पेनिस क्लब सेभिया शनिबार रियल भालाडोलिडविरुद्ध हारबाट जोगिएको छ । खेलमा १-० ले पछि परेको अवस्थामा अन्तिम मिनेटमा कर्नर पाएपछि बोनो अघि बढेका थिए । कर्नरमा आएको रिबाउन्डलाई भालाडोलिडका खेलाडीले राम्रोसँग क्लियर गर्न नसक्दा बोनोले गोल गरेका थिए । युसुफ एन […]

50 views

0 Bookmark

एजेन्सी – गोलरक्षक यासिन बोनोले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि ला लिगा अन्तर्गत स्पेनिस क्लब सेभिया शनिबार रियल भालाडोलिडविरुद्ध हारबाट जोगिएको छ ।

खेलमा १-० ले पछि परेको अवस्थामा अन्तिम मिनेटमा कर्नर पाएपछि बोनो अघि बढेका थिए । कर्नरमा आएको रिबाउन्डलाई भालाडोलिडका खेलाडीले राम्रोसँग क्लियर गर्न नसक्दा बोनोले गोल गरेका थिए । युसुफ एन नेस्रीको क्रस जुलस कुन्डेलाई लाग्दै आएपछि बोनोले गरेको प्रहार गोलमा परिणत भएको थियो । उक्त गोलपछि खुसियाली मनाउने क्रममा जर्सी खोल्दा उनले पहेंलो कार्ड पाएका थिए ।

खेलमा भालाडोलिडका लागि फाबियन ओरेलानाले अग्रता दिलाएका थिए । उनले पहिलो हाफको ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । यस बराबरीले सेभिया २८ खेलमा ५५ अंक जोड्दै चौथो स्थानमा यथावत छ । बार्सिलोनाभन्दा १ खेल बढी खेलेको टोली ४ अंकले पछि छ । भालाडोलिड भने २७ अंकसहित १६ औं स्थानमा छ ।

ला लिगामा यस सिजन गोलरक्षकले गोल गरेको त्यो दोस्रो अवसर हो । यसअघि जनवरीमा आइबारका मारको डिमीट्रोभिचले पेनाल्टीमा गोल गरेका थिए । लिगको एकै सिजनमा दुई गोलरक्षकले गोल गरेको यो सन् १९८७ पछि पहिलो पटक हो । सेभियाका लागि भने यसअघि सन् २००६-०७ मा आन्द्रे पालोपले युरोपा लिगमा शाख्तारविरुद्ध गोल गरेका थिए ।

गोलको भिडियो :

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.