default_image

3 years ago

March 21, 2021

थ्री नेसन्सको प्रत्यक्ष प्रसारण एनटिभीले गर्ने, टिकट दर नघट्ने

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कपको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन (एनटिभी) ले गर्ने भएको छ । नेपाल मेडिसिटी अस्पतालसँग आइतबार हस्पिटल पार्टरको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले सो जानकारी दिएका हुन् । एनटिभीसँग हाम्रो यसअघिकै सम्झौता यथावत छ । त्यसैका आधारमा थ्री […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा मंगलबार सुरु हुने थ्री नेसन्स कपको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन (एनटिभी) ले गर्ने भएको छ । नेपाल मेडिसिटी अस्पतालसँग आइतबार हस्पिटल पार्टरको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले सो जानकारी दिएका हुन् ।

एनटिभीसँग हाम्रो यसअघिकै सम्झौता यथावत छ । त्यसैका आधारमा थ्री नेसन्स कपको प्रत्यक्ष प्रसारण हुनेछ,’ उनले भने,‘ यसअघिकै सम्झौतामा वर्षको ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको थियो । तर, पछिल्लो एक वर्ष कोभिडका कारण कुनै हुन सकेन ।’

एन्फा र नेपाल टएनटिभीबीच लिगसहित अन्तर्राष्ट्रिय खेलको प्रत्यक्ष प्रत्यक्ष प्रसारणको सम्झौता भएको थियो । बार्षिक ३५ लाख रुपैयाँ एनटिभीले एन्फालाई दिने गरि ३ वर्षका लागि सम्झौता भएको थियो । नेपालसहित बंगलादेश र कीर्गिस्तानको यू २३ टोली सम्मिलित थ्री नेसन्सको उद्घाटन खेल मंगलबा बंगलादेश र कीर्गिस्तानको युवा टोलीबीच हुनेछ ।

नेपाल र बंगलादेशबीच चैत १२ गते तथा नेपाल र कीर्गिस्तानबीच चैत १४ गते खेल हुनेछ । राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछ । सबै खेल फ्लड लाइडमा हुने एन्फाले यसअघि नै जानकारी दिएको छ ।

टिकट दर नघट्ने

एन्फाले टिकट दरमा पुर्नविचार नहुने प्रष्ट पारेको छ । एन्फाले दशरथ रंगशालाको भिआइपीतर्फ १ हजार ५ सय र साधारणतर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको छ । टिकट महंगो भयो भन्ने आवाज उठेको छ नि भन्ने प्रश्नमा एन्फा प्रवक्ता राईको जवाफ थियो,‘ फुटबललाई व्यवसायिक बनाउँदै जानुपर्दछ भन्ने दबाब पनि त्यत्तिकै छ ।’

फुटबललाई व्यवसायिक बनाउँदै जाने अभियानमा टिकट दर विगतको तुलनामा केहि महंगो हुनुलाई स्वभाविक मान्नुपर्ने तर्क गर्दै राईले भने,‘ फुटबल प्रेमीले त्यो विषयलाई बुझ्नुभएको छ । ’ एन्फाले थ्री नेसन्स कपमा १ करोड रुपैयाँ खर्च र १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

थ्री नेसन्स कपको विजेता ५ हजार र दोस्रो हुने टोली ३ हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर हरेक खेलको म्यान अफ दी म्याचले २ सय ५० अमेरिकी डरल प्राप्त गर्नेछन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.