default_image

3 years ago

March 21, 2021

साइनो मिल्स गोल्ड कपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)– साइनो स्पोर्टस् क्लब रानी मोरङ प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको गाइघाट फुटबल क्लबलाई ३–१ ले हराउँदै साइनो अन्तिम ४ मा पुगेको हो । साइनोलाई जित दिलाउन खमिर गिल्सन कन्दङ्गवाले २ र जीवन धामीले गोल गरे । गाईघाटका लागि रवि शंकर चौधरीले गोल गरे । खमिरले […]

57 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– साइनो स्पोर्टस् क्लब रानी मोरङ प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको गाइघाट फुटबल क्लबलाई ३–१ ले हराउँदै साइनो अन्तिम ४ मा पुगेको हो ।

साइनोलाई जित दिलाउन खमिर गिल्सन कन्दङ्गवाले २ र जीवन धामीले गोल गरे । गाईघाटका लागि रवि शंकर चौधरीले गोल गरे । खमिरले आठौं र १४ औं मिनेटमा गोल गरे । गाईघाटका रविले १७ औं मिनेटमा गोल फर्काएका थिए ।

साइनोका जीवनले ८० औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच घोषित विजेता टोलीका खमिरले ५ हजार रुपैयाँ प्राप्त गरे । विरानगर महानगरपालिका १६ का वडा अध्यक्ष मनोज सुब्बाले खमिरलाई पदक र नगद पुरस्कार हस्तान्तरण गरे ।

मिल्स गोल्ड कप फुटल ट्रष्टको आयोजनामा जारी प्रतियोगितामा सोमबार एलेभन एरोज क्लब दुहबी सुनसनरी र प्रदेश १ प्रहरी कार्यालय रानी मोरङबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर महानगरपालिकाको संयोजन रहेको प्रतियोगितालाई प्रदेश १ सरकारले प्रवद्र्धन गरेको छ । त्यस्तै मोरङ जिल्ला फुटबल संघले प्रतियोगितामा प्राविधिक सहयोग गरेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.