default_image

3 years ago

March 21, 2021

आई लिगमा किरण सम्मलित टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्डग्लास पञ्जाबले आइतबार आई लिगमा सफलता हासिल गरेको छ । पञ्जाबले रियल कास्मिरमाथि १–० को जित हासिल गरेको थियो । भुटानी फरवार्ड चेन्चो ग्याल्सियनको गोलमा पञ्जाब विजयी भएको थियो । उनले ३७ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । लगातार पहिलो रोजाईमा […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्डग्लास पञ्जाबले आइतबार आई लिगमा सफलता हासिल गरेको छ । पञ्जाबले रियल कास्मिरमाथि १–० को जित हासिल गरेको थियो ।

भुटानी फरवार्ड चेन्चो ग्याल्सियनको गोलमा पञ्जाब विजयी भएको थियो । उनले ३७ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । लगातार पहिलो रोजाईमा रहँदै आएका किरणले पहिलो हाफमा विपक्षीका तीन आक्रमण विफल पारेका थिए ।

१४ खेलपछि २२ अंकका साथ पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ । शीर्षस्थानको गोकुलम केरेला, टिडिम रोड एथलेटिक युनियन एफसी, र चर्चिल ब्रर्दशको समान २६ अंक छ । पाँचौं स्थानको मोहम्मडन स्पोटिङको २० र छैटौं स्थानको रियल कस्मिरको १८ अंक छ ।

यसैबीच, किरण थ्री नेसन्स कपका लागि स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले बताएका थिए ।नेपाल, बंगलादेश र कीर्गिस्तानको यू २३ टोलीबीच मंगलबारबाट दशरथ रंगशालामा थ्री नेसन्स कप सुरु हुँदैछ । दुवै विदेशी टोली नेपाल आइसकेका छन् । पहिलो खेल मंगलबार बंगलादेश र कीर्गिस्तानबीच हुनेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.