default_image

3 years ago

March 22, 2021

बार्सिलोनाको आधादर्जन गोल

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला ला लिगामा रियल सोसिडाडमाथि सानदार जित हात पारेको छ ।बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र सर्जिनो डेस्टले समान दुई गोल गर्दा एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले समान एक गोल गरे । सोसिडाडका एन्डर बारेनेटसेयाले एक गोल […]

96 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला ला लिगामा रियल सोसिडाडमाथि सानदार जित हात पारेको छ ।
बार्सिलोनाले रियस सोसिडाडमाथि उसकै मैदानमा ६–१ को सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र सर्जिनो डेस्टले समान दुई गोल गर्दा एन्टोइन ग्रिजमन र औसमाने डेम्बेलेले समान एक गोल गरे । सोसिडाडका एन्डर बारेनेटसेयाले एक गोल फर्काए ।

खेलको ३७औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ४३औं मिनेटमा सर्जिनो डेस्टले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५३औं मिनेटमा सर्जिनो डेस्टले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।

५६औं मिनेटमा कप्तान लियोनेल मेस्सीले थोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अग्रसर बन्यो । ७१औं मिनेटमा डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई ५–० ले अघि बढाए । ७७औं मिनेटमा एन्डरले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए । ८९औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गर्दै बार्सिलोनालाई ६–१ को सानदार जित दिलाए ।

जितपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २८ खेलबाट ६२ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ६६ छ । पराजित रियल सोसिडाड ४५ अंक जोडेर पाँचौ स्थानमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.