default_image

3 years ago

March 22, 2021

लियोनलाई हराउदै पीएसजी शीर्षस्थानमा उक्लियो

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई पराजित गरेको छ । पीएसजीले लियोनलाई उसकै मैदानमा ४–२ को सानदार जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा डानिलो पेरेइरा र एन्जल डि मारियाले समान एक गोल गरे । लियोनका इस्मान स्लिमानी र म्याक्सवेल […]

79 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई पराजित गरेको छ । पीएसजीले लियोनलाई उसकै मैदानमा ४–२ को सानदार जित निकालेको हो ।

पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा डानिलो पेरेइरा र एन्जल डि मारियाले समान एक गोल गरे । लियोनका इस्मान स्लिमानी र म्याक्सवेल कर्नेटले गोल फर्काए । लियोनको मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले खेलको १५औं मिनेटमा एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । ३२औं मिनेटमा मार्किन्हसको पासमा डानिलो पेरेइराले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४७औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ५२औं मिनेटमा मार्काे भेराट्टीको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेपछि पीएसजीले ४–० को आरामदायी अग्रता लिन सफल भयो । पीएसजीले त्यसपछि दुई गोल बेहोरेको थियो ।

६२औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।

जितपछि पीएसजी ३० खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६३ अंक नै रहेपनि लिल गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित लियोन ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.