default_image

3 years ago

March 22, 2021

चेल्सी र लेस्टर एफए कपको सेमिफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० ले तथा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । घरेलु मैदानमा चेल्सीको जितमा हाकिम जियाचले गोल गर्दा एक गोल उपहार पाएको थियो । स्टामबोर्ड ब्रिजमा आइतबार राति […]

85 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० ले तथा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा हाकिम जियाचले गोल गर्दा एक गोल उपहार पाएको थियो । स्टामबोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सीले ओलिभर नुरवुडको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ९०औं मिनेटमा हाकिम जियाचले बेन चिलवेलको पासमा गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

अर्काे खेलमा लेस्टर सिटीको जितमा केलिची इहेनाचोले दुई तथा युरी टिलेमान्सले गोल गर्दा युनाइटेडका मासन ग्रीनवुडले एक गोल फर्काए ।
किङ पावर स्टेडियममा आइतबार राति भएको खेलको २४औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै लेस्टरलाई १–० ले अघि बढाए । ३८औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५२औं मिनेटमा युरी टिलेमान्सले केलिचीको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७८औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लेस्टरलाई ३–१ को जित दिलाए ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.