default_image

3 years ago

March 22, 2021

सुआरेजको गोलमा एट्लेटिको विजयी

एजेन्सी – शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि १–० को साँघुरो जित निकालेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा उरुग्वेली फरवार्ड लुइस सुआरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।प्रतिस्पर्धात्मक खेलको ५४औं मिनेटमा काइरन ट्रिपिएरको पासमा सुआरेजले गोल गरेका थिए । त्यही गोल नै एट्लेटिकोलाई ३ अंक […]

29 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि १–० को साँघुरो जित निकालेको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा उरुग्वेली फरवार्ड लुइस सुआरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।प्रतिस्पर्धात्मक खेलको ५४औं मिनेटमा काइरन ट्रिपिएरको पासमा सुआरेजले गोल गरेका थिए । त्यही गोल नै एट्लेटिकोलाई ३ अंक जोड्न पर्याप्त बन्यो ।

जितपछि शीर्षस्थानमा एट्लेटिकोले ४ अंकको स्पष्ट अग्रता लिएको छ । एट्लेटिकोको २८ खेलबाट ६६ अंक पुगेको छ । दोस्रो स्थानको बार्सिलोनाको ६२ तथा तेस्रो स्थानको रियल म्याड्रिडको ६० अंक छ । पराजित एलाभेस २३ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

अन्य नतिजा

गेटाफेविरुद्ध इल्चे (१–१), भ्यालेन्सियाविरुद्ध ग्रानडा (–१) र भिल्लारियलविरुद्ध क्याडिज (–१)

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.