default_image

3 years ago

March 22, 2021

टोटेनहम विजयी, आर्सनल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले जित निकाल्दा आर्सनल बराबरीमा रोकिएको छ । टोटेनहमले एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो । भिल्ला पार्कमा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा कार्लाेस भिनिसियस र ह्यारी केनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट टोटेनहमले […]

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले जित निकाल्दा आर्सनल बराबरीमा रोकिएको छ । टोटेनहमले एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो ।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा कार्लाेस भिनिसियस र ह्यारी केनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । उनले लुकास मोउराको पासलाई सदुपयोग गरेका थिए ।

६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए । पेनाल्टी बक्समा कासले केनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा केन आफैले गोल गरेका थिए । जितपछि टोटेनहम २९ खेलबाट ४८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित एस्टन भिल्ला ४१ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा आर्सनल घरेलु टोली वेस्टह्याम युनाइटेडसँग ३–३ गोलको बराबरीमा रोकिएको छ । आर्सनलले ३–० ले पछि परेको अवस्थामा खेललाई बराबरीमा ल्याउन सफल भएको हो । वेस्टह्यामका जेसे लिङ्गार्ड जारोड बोवेन र थोमस सौसेकले गोल गर्दा आर्सनलले दुई आत्मघाती गोल उपहार पाउदा एलेसान्द्र लाकाजेटले गोल गर्दै आर्सनललाई हारबाट जोगाए ।

बराबरी पछि आर्सनल २९ खेलबाट ४२ अंक जोडेर नवौं स्थानमा रहेको छ । वेस्टह्याम ४९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.