default_image

3 years ago

March 25, 2021

फेरिएका डेम्बेले

एजेन्सी– बार्सिलोनाका ओसमाने डेम्बेलेको फिटनेसमा निकै सुधार आएको उनको प्रदर्शनबाट सहजै अनुमान लगाउन सकिन्छ । बोरुसिया डर्टमुन्डबाट सन् २०१७ मा बार्सिलोमा आबद्ध भएयता उनले सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेका थिएनन् । जारी सिजनमा भने उनी फर्ममा देखिएका छन् । २३ वर्षे फरवार्डले यो सिजन ९ गोल गरिसकेका छन् । जसले गर्दा उनी प्रशिक्षक रोनाल्ड कोम्यानको […]

50 views

0 Bookmark

एजेन्सी– बार्सिलोनाका ओसमाने डेम्बेलेको फिटनेसमा निकै सुधार आएको उनको प्रदर्शनबाट सहजै अनुमान लगाउन सकिन्छ । बोरुसिया डर्टमुन्डबाट सन् २०१७ मा बार्सिलोमा आबद्ध भएयता उनले सोचे अनुरुपको प्रदर्शन गर्न सकिरहेका थिएनन् ।

जारी सिजनमा भने उनी फर्ममा देखिएका छन् । २३ वर्षे फरवार्डले यो सिजन ९ गोल गरिसकेका छन् । जसले गर्दा उनी प्रशिक्षक रोनाल्ड कोम्यानको पहिलो रोजाईमा पर्दै आएका छन् । केहि खेलमा त उनी एक मात्र फरवार्डका रुपमा पनि प्रयोग भएका छन् । सुरुवाती सिजनमा अनुशासनका कारण पनि उनी आलोचित भएका थिए ।

‘इमान्दार भएर भन्दा २०१७ मा म निकै कमजोर थिए । अहिले म शारीरिक रुपमा पनि फेरिएको छु । म खेलका लागि पनि तयार छु,’ उनले भने,‘ यो वर्ष राम्रो भइरहेको छ । बार्सिलोना आएपछि म मा सुधार आएको छ । फिटनेस प्रशिक्षकले पनि धेरै सहयोग गरेका छन् । अभ्यासका दौरान र खेलका लागि ती सबैमा परिवर्तन आएको छ ।’

आफैले पनि सहज महसुस गरेको डेम्बेलेले बताएका छन् । ‘पछिल्लो तीन वर्ष फिटनेसका लागि निकै संघर्ष गरेको छु । मैले जीवनमा धेरै अनुभव गरे र तीनलाई खुसीका साथ स्वीकार गरेको छु, उनले थपे,‘ अहिले म निकै सहज महसुस गरिरहेको छु ।’ यो सिजनको प्रदर्शनका कारण उनी युरोपियन च्याम्पियनसिपअघिका अन्तर्राष्ट्रिय खेलका लागि फ्रान्सेली टोलीमा पनि समेटिएका छन् ।

सिजनको सुरुवात कमजोर गरेपनि बार्सिलोनाले पछिल्लो समय भने लय समातेको छ । स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको क्याटलान टोलीले २८ खेलमा ६२ अंक जोडेको छ । शीर्षस्थानको एटलेटिको म्याड्रिडभन्दा ४ अंक पछि रहेको बार्सिलोना रियल म्याड्रिडभन्दा २ अंकले अघि छ । कोपा डेल रेको फाइनलमा बार्सिलोनाले एथेल्टिक बिल्बाओको सामना गर्नेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.