default_image

3 years ago

March 25, 2021

रोनाल्डो, युभेन्टस र रियल फर्कने सम्भावना

एजेन्सी – उमेरले ३६ वर्ष पुगेपनि क्रिस्टियानो रोनाल्डोले अहिले पनि आफूलाई गोल मेसिनकै रुपमा उभ्याउन सफल भएका छन् । युभेन्ट्सका लागि जारी सिजनमा ३४ खेल खेल्दै उनले ३० गोल गरिसकेका छन् । अघिल्लो सिजन ४७ खेलमा ३७ गोल गरेका रोनाल्डोले युभेन्ट्समा पहिलो सिजनमा ४३ खेलमा २८ गोल गरेका थिए । सन् २०१८ रियल म्याड्रिड छाडेर […]

45 views

0 Bookmark

एजेन्सी – उमेरले ३६ वर्ष पुगेपनि क्रिस्टियानो रोनाल्डोले अहिले पनि आफूलाई गोल मेसिनकै रुपमा उभ्याउन सफल भएका छन् । युभेन्ट्सका लागि जारी सिजनमा ३४ खेल खेल्दै उनले ३० गोल गरिसकेका छन् ।

अघिल्लो सिजन ४७ खेलमा ३७ गोल गरेका रोनाल्डोले युभेन्ट्समा पहिलो सिजनमा ४३ खेलमा २८ गोल गरेका थिए । सन् २०१८ रियल म्याड्रिड छाडेर युभेन्ट्स पुगेयता उनले ९५ गोल गरिसकेका छन् । रोनाल्डोको अनुपस्थितिमा करिम बेन्जेमाले रियलको अग्रतपक्तिको मोर्चा सम्हालिरहेका छन् ।

‘म त्यति बेला पनि रोनाल्डो रियल छोडेर नजाउन् भन्ने चाहन्थे । उनी विश्वकै उत्कृष्ट खेलाडी मध्येका एक हन्’, रियलका कप्तान सर्जियो रामोसले पूर्व सहकर्मीका बारेमा केहि अघि भनेका थिए, ‘रोनाल्डो टोलीमा हुनु भनेको जितको नजिक पुग्नु हो । उनले रियल र रियलले उनलाई गुमायो । जितका लागि उनीका लागि सहयोग गर्ने महत्वपूर्ण खेलाडी हुन् ।’

रियलका प्रशिक्षक जिनेजिन जिदानले भने रोनाल्डो पुनः रियलमा फर्कन सक्ने संकेत गरेका छन् । ‘उनको फिर्ता सम्भव छ,’ उनले रोनाल्डोको पुनरागमनबारे सोध्दा सहजै जवाफ दिएका थिए । रोनाल्डोले पनि युभेन्ट्सको आफ्नो यात्रा टुंगने क्रममा रहेको बुझेको मानिएको छ ।

रियल फर्कनका लागि उनले इटालियन टोली छाड्ने सम्भावना रहेको अड्कल केहि अघिबाट चल्दै आएको छ । रियल छाडेर उनी टुरिन जानुको मुख्य उद्देश्य युभेन्ट्सलाई च्याम्पियन लिग उपाधि जित्नु थियो । तर त्यो सम्भव भएन । अझ यसपटक पनि टोली क्वार्टरफाइनल पुग्न सकेन ।

यी सबै कारणले रोनाल्डोले युभेन्ट्स छाड्ने सम्भावना बढी रहेको जनाएको छ । रियल र रोनाल्डो दुवैलाई थाहा २०१८ को परिस्थितिमा अहिले भने फरक परिसकेको छ । रोनाल्डोलाई भित्राएपनि युभेन्ट्सको योजना भने सफल हुन सकेन । युभेन्ट्सले यो सिजन सिरिएमा ११ खेल खेल्न बाँकी छ ।

टोलीले सिरिएको उपाधि जित्ने सम्भावना कमजोर भइसकेको छ । च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ भने यो वर्ष कोपा इटालियाको उपाधिको सम्भावना मात्र बाँकी रहेको छ । टोलीले एटलान्टासँग कोपाको फाइनल खेल्नेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.