default_image

3 years ago

March 24, 2021

धम्बोझी र त्रिवेणी विजयी

नेपालगन्ज (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिगमा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । नेपालगन्ज रंगशालामा बुधबार भएको खेलमा धम्बोझीको जितमा दुवै गोल निशान लिम्बुले गरे । उनले खेलको दोस्रो मिनेटमा गोल गर्दै धम्वोजीलाई अग्रता […]

24 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिगमा बुधबार जित हासिल गरेका छन् ।

धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । नेपालगन्ज रंगशालामा बुधबार भएको खेलमा धम्बोझीको जितमा दुवै गोल निशान लिम्बुले गरे । उनले खेलको दोस्रो मिनेटमा गोल गर्दै धम्वोजीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा विजय भुजेलको गोलबाट धादिङ खेलमा फर्किएको थियो । ६१औं मिनेटमा निशानले गोल गर्दै धम्वोजीलाई २–१ को जित दिलाए । निशान खेलको खेलमा म्यान अफ द म्याच घोषित भए ।

जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शीर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा १० अंक सहित स्टार सिटी कैलाली शीर्ष स्थानमा छ । त्रिवेणी र धम्बोझीको समान ९ अंक छ । गोलअन्तरमा त्रिवेणी दोस्रो स्थानमा छ ।

यसैगरी नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले हरायो । त्रिवेणीको जितमा लक्ष्मण रुचाल र बिमल रानाले गोल गरे । लक्ष्मणले ६१औं मिनेटमा गोल गरेका थिए भने बिमलले ७८औं मिनेटमा गोल गरे । त्रिवेणीका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए ।

जितसँगै त्रिवेणीले ४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको स्टार सिटी युवा क्लब कैलालीको १० अंक छ । पराजित सैनिकको ४ अंक छ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा सात प्रदेशका च्याम्पियन सात टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.