default_image

3 years ago

March 24, 2021

सशस्त्र पूर्वाञ्चल मिल्स गोल्डको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल पूर्वाञ्चल प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । एलेभन एरोज क्लब दुहबी सुनसरीलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सशस्त्र प्रहरी बल उपाधि नजिक पुगेको हो । रानी विराटनगरमा बुधबार निर्धारित समय २–२ को बराबरीपछि टाइब्रेकरमा सशस्त्रले बाजी मारेको थियो । सशस्त्रका लागि राज कुमार कन्दड्गवा, विमल […]

48 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल पूर्वाञ्चल प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । एलेभन एरोज क्लब दुहबी सुनसरीलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सशस्त्र प्रहरी बल उपाधि नजिक पुगेको हो ।

रानी विराटनगरमा बुधबार निर्धारित समय २–२ को बराबरीपछि टाइब्रेकरमा सशस्त्रले बाजी मारेको थियो । सशस्त्रका लागि राज कुमार कन्दड्गवा, विमल तामाङ र नवीन चौधरीले गोल गरेका थिए । उज्वल राईको प्रहारलाई एलेभन एरोजका गोलकिपरले रोक ।

समिर राईको प्रहार बाहिरिएको थियो । एलेभम एरोजका लागि शंकर चौधरी र उमेश कार्कीले मात्र गोल गर्न सके । कविन्द्र चौधरीको प्रहार सशस्त्रका गोलकिपरले रोके भने विवेक पौडेल र सुमन चौधरीको प्रहार बाहिरिएको थियो ।

११ औं मिनेटमा विवेक पौडेलको पेनाल्टी गोलबाट एलेभन एरोजले खेलमा अग्रता लिएको थियो । अरुण राईले ४६ औं मिनेट सशस्त्रका लागि बराबरी गरे । ६१ औं मिनेटमा उज्वल चाम्लिङ राईको गोलबाट सशस्त्रले अग्रता लिएको थियो । दीनेश राईले इन्जुरी समयको तेस्रो मिनेटमा एलेभन एरोजका लागि बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

सशस्त्रका उज्वल खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई विराटनगर महानगरपालिका वडा नं १७ का समिन कमरले ५ हजार र मेडल हस्तान्तरण गरे । प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार साइने स्पोर्टस क्लब रानी विराटनगर र धरान सिटी फुटबल एकेडेमी सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

मिल्स गोल्ड कप फुटल ट्रष्टले आयोजना गरेको प्रतियोगितालाई विराटनगर महानगरपालिकाको संयोजन र प्रदेश १ सरकारले प्रवद्र्धन गरेको छ । त्यस्तै मोरङ जिल्ला फुटबल संघले प्रतियोगितामा प्राविधिक सहयोग गरेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.