default_image

3 years ago

March 25, 2021

आत्मघाती गोलले पोर्चुगल विजयी, फ्रान्स रोकियो

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा पोर्चुगलले कठिन जित निकाल्दा फ्रान्स बराबरीमा रोकिएको छ । एलिएन्ज एरिना टोरिनोमा बुधबार राति भएको खेलमा पोर्चुगलले अजरवैजानमाथि १–० को कठिन जित निकालेको हो । पहिलो हाफमा माक्सिम मेडभेडेवको आत्मघाती गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो । खेलको सुरुवातदेखि नै पोर्चुगलले अजरवौनलाई बल पोसेसनमा दवाव बढाएपनि गोल […]

190 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा पोर्चुगलले कठिन जित निकाल्दा फ्रान्स बराबरीमा रोकिएको छ । एलिएन्ज एरिना टोरिनोमा बुधबार राति भएको खेलमा पोर्चुगलले अजरवैजानमाथि १–० को कठिन जित निकालेको हो ।

पहिलो हाफमा माक्सिम मेडभेडेवको आत्मघाती गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो । खेलको सुरुवातदेखि नै पोर्चुगलले अजरवौनलाई बल पोसेसनमा दवाव बढाएपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । अजरवैजानका गोलरक्षक साखरुद्धिन मागोमेडालिएभले पोर्चुगलका प्रहारलाई विफल पारेका थिए । तर ३६औं मिनेटमा आत्मघाती गोल खान पुगेको थियो ।

दोस्रो हाफमा पनि पोर्चुगलले अजरवैजानलाई दवावमा राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा आत्मघाती गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो ।

यही समूह ‘ए’ को अर्काे खेलमा सर्वियाले आयरल्यान्डमाथि ३–२ को पूनरागमन जित निकालेको छ । सर्वियाको जितमा एलेक्सान्डर मिट्रा्भिकले दुई तथा डुसान भ्लाहोभिकले एक गोल गरे । आयरल्यान्डका एलान ब्रोनी र जेम्स कोलिन्सले गोल फर्काए ।

यो नतिजापछि समूह ‘ए’ मा सर्विया ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक भएपनि गोल अन्तरमा पोर्चुगल दोस्रो स्थानमा रहेको छ । एक खेल पनि नखेलेको लक्जेमवर्ग तेस्रो, आयरल्यान्ड चौथो तथा अजरवैजान पाँचौ स्थानमा रहेको छ ।

अर्काे खेलमा अग्रता जोगाउन नसक्दा फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा एन्टोइन ग्रिजमनको गोलबाट फ्रान्सले अग्रता लिएको थियो । ५७औं मिनेटमा प्रेसनेल किमपेम्वेले आत्मघाती गोल गरेपछि फ्रान्स बराबरीमा रोकिन बाध्य बनेको थियो ।

यही समूह ‘डी’ को अर्काे खेलमा बोस्निया एन्ड हर्जगोभिना र फिनल्यान्डले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । बोस्नियाका मिरालेम प्यानिच र मिरोस्लाभ स्टेभानोभिले गोल गरे । फिनल्यान्डका दुवै गोल टिमु पुक्कीले गरे ।

यो नजिजा पछि समूह ‘डी’ मा चार टोलीको समान १ अंक भएपनि बोस्निया, फिनल्यान्ड, युक्रेन र फ्रान्स क्रमश शीर्षचारमा रहेका छ । काजकस्तान पुछारमा छ ।

अन्य नजिता
समूह ‘ए’ –
पोर्चुगलविरुद्ध अजरवैजान (–०), सर्वियाविरुद्ध आयरल्यान्ड (–२)
समूह ‘डी’ – फिनल्यान्डविरुद्ध बोस्निया (२–२), फ्रान्सविरुद्ध युक्रेन (१–१)
समुह ‘ई’ – बेल्जियमविरुद्ध वेल्स (३–१), इस्टोनियाविरुद्ध चेक रिपब्लिक (२–)
समूह ‘जी’ – टर्कीविरुद्ध नेदरल्यान्ड्स (–२), लात्भियाविरुद्ध मोन्टेनेग्रो (१–२), जिब्राल्टारविरुद्ध नर्वे (०–),
समूह ‘एच’ – साइप्रसविरुद्ध स्लोभाकिया (०–०) माल्टाविरुद्ध रसिया (१–३), स्लोभेनियाविरुद्ध क्रोएसिया (१–०)

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.