default_image

3 years ago

March 25, 2021

जर्मनीलाई आइसल्यान्डको चुनौती

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति पहिलो राउन्डको विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । जर्मनीले घरेलु मैदानमा आइसल्यान्डको आतिथ्यता गर्दा इंग्ल्यान्ड, इटाली, स्पेन र पोल्यान्डले पनि आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दैछ । खेलहरु राति १०:४५ बजे र १:३० बजे हुनेछ । जर्मनी र आइसल्यान्डबीचको खेल डुइसवर्गमा राति १:३० बजे हुनेछ । युवा […]

36 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति पहिलो राउन्डको विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

जर्मनीले घरेलु मैदानमा आइसल्यान्डको आतिथ्यता गर्दा इंग्ल्यान्ड, इटाली, स्पेन र पोल्यान्डले पनि आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दैछ । खेलहरु राति १०:४५ बजे र १:३० बजे हुनेछ । जर्मनी र आइसल्यान्डबीचको खेल डुइसवर्गमा राति १:३० बजे हुनेछ ।

युवा खेलाडीको भरिएको जर्मनी आइसल्यान्डलाई हराउँदै छनोटमा सुखद सुरुवात गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । टोलीसँग अनुभवी गोलरक्षक तथा कप्तान म्यानुयल नोएरसँगै इल्केए गुन्डोगान, सर्ज जिनाब्री, लियोन गोरेट्जका, लिरोए साने, म्याथियस जिन्टर, निकलस सुल, एन्टेनियो रुडिगर, फिलिप म्याक्स, लिरोए साने र टिमो वेर्नरको साथ रहेको छ । योसुवा किम्मिख, काई हाभर्टज र रोविन गोसेन्स टोलीमा रहँदा चोटका कारण मिडफिल्डर टोनी क्रुस टोलीबाट बाहिरिएका छन् ।

यता, आइसल्यान्ड पनि जर्मनीलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । टोलीसँग कोल्वीइन सिगुर्डसन, विजोन सिगुर्डसन, भिक्टर पाल्सन र गिल्फी सिगुर्डसनजस्ता खेलाडीको साथ रहेको छ । यि दुई टोली कुनै पनि प्रतियोगितामा पहिलोपटक भिड्न लागेका हुन् ।

अन्य खेल :

बुल्गेरियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १०:४५ बजे)

इजरायलविरुद्ध डेनमार्क (राति १०:४५ बजे)

एन्डोराविरुद्ध अल्वानिया (राति १:३० बजे)

इंग्ल्यान्डविरुद्ध सान मारिनो (राति १:३० बजे)

जर्मनीविरुद्ध आइसल्यान्ड (राति १:३० बजे)

हंगेरीविरुद्ध पोल्यान्ड (राति १:३० बजे)

इटालीविरुद्ध नर्दन आयरल्यान्ड (राति १:३० बजे)

लिचेस्टाइनविरुद्ध अर्मेनिया (राति १:३० बजे)

मोल्दोभाविरुद्ध फारोइ आयरल्यान्ड (राति १:३० बजे)

रोमानियापिरुद्ध नर्थ म्यासेडोनिया (राति १:३० बजे)

स्कटल्यान्डविरुद्ध अष्ट्रिया (राति १:३० बजे)

स्पेनविरुद्धविरुद्ध ग्रीस (राति १:३० बजे)

स्वीडेनविरुद्ध जर्जिया (राति १:३० बजे)

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.