5 years ago
March 26, 2021
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको पहिलो खेलमा बिहिबार किर्गिस्तानविरुद्ध नयाँ जर्सी प्रयोग गर्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) र पोशाक उत्पादक संस्था केटिएम सिटीबीच भएको एक वर्षे सम्झौता अनुसार उत्पादित यस जर्सीमा फिफाको खेल सामग्री सम्बन्धि नियमावली भने तोडिएको पाइएको छ ।

फिफाको नियमावली अनुसार कुनैपनि सामग्री उत्पादन कम्पनिले आफ्नो मुख्य लोगोबाहेक अन्य कुनैपनि स्थानमा कम्पनिको पहिचान झल्कने डिजाइन प्रयोग गर्न पाउँदैन । जर्सीमा मुख्य लोगोका रुपमा २० स्क्वायर सेन्टिमिटरको लोगो बाहेक उत्पादक सामग्रीको अन्य केहि पहिचान प्रष्ट हुने डिजाइन प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ । तर केटिएमको जर्सीको काँधको भागमा प्रष्ट रुपमा केटिएम लेखिएको छ, जुन नियम विपरित रहेको छ ।
एन्फाले यसबारे पोशाक उत्पादक संस्था केटिएमलाई नियमावलीबारे जानकारी दिइएको र त्यसैअनुसार जर्सी बनाएको बताएको थियो । केटिएमले भने उक्त डिजाइन नियम अनुसार नै रहेको अड्डी कस्यो । केटिएमका हेड अफ मार्केटिङ रविन केसीले डिजाइन एन्फाबाट स्वीकृत भएपछि मात्र जर्सी निर्माण गरेको बताए । उनले उक्त डिजाइनमा पनि कुनै समस्या नरहेको दावी गरे ।

फिफाको फिफाको खेल सामग्री नियमावलीको दोस्रो सेक्सनको ८.३ नियममा जर्सीमा सिंगारका रुपमा प्रयोग हुने डिजाइनले जर्सी निर्माताको परिचय, विज्ञापन, कुनै किसिमको सन्देश अथवा कुनै देश, धर्म, राजिनिती वा कुनै आकृति राखेर प्रस्तुत गर्न पाइन्न भन्ने उल्लेख गरिएको छ । यस्तै छैटौं सेक्सनको नियम नम्बर ४१ मा पनि कुनै निर्माता कम्पनिले कुनै पनि डिजाइनमार्फत आफ्नो विज्ञापन गर्न नपाइने उल्लेख छ ।


किर्गिस्तान यू-२३ विरुद्ध नेपालले गोलरहित बराबरी खेलेको थियो । उक्त खेल भने फिफाको मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल थिएन । अब शनिबार बंगलादेशविरुद्ध हुने खेल भने आधिकारिक खेल हुनेछ । उक्त खेलमा नियम विपरित जर्सी लगाए फिफाले कारवाही पनि गर्न सक्छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]