default_image

3 years ago

March 26, 2021

त्रिवेणीको हारले स्टार सिटी एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद) – मनकामना युवा क्लब रौतहटसँग त्रिवेणी युवा क्लब लमजुङ २–१ ले पराजित भएपछि सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलाली एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन बनेको छ । ५ खेल खेलेको स्टारको १३ अंक छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टार […]

19 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – मनकामना युवा क्लब रौतहटसँग त्रिवेणी युवा क्लब लमजुङ २–१ ले पराजित भएपछि सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलाली एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन बनेको छ ।

५ खेल खेलेको स्टारको १३ अंक छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टार सिटी शिर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ । मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ ।

शुक्रबार मनकामनाको जितमा भुवन बस्नेतले दुवै गोल गरे । त्रिवेणीका अभिषेक लिम्बुले एक गोल फर्काए । खेलको नबौं मिनेटमा भुवनको गोलबाट मनकामनाले अग्रता लिएको थियो । २९औं मिनेटमा अभिषेक लिम्बुले गोल गर्दै खेललाई १(१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा भुपनले पेनाल्टीमार्फत गोल गर्दै मनकामनालाई २–१ को जित दिलाए ।

अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमति प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ । सैनिकको जितमा जीवन गुरुङ र सुरज ज्यु ठकुरीले गोल गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको धम्बोझी क्लब र कर्णालीको लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्न मौका पाउनेछन् ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.