default_image

3 years ago

March 27, 2021

फरवार्डविहिन नेपालको गोलबिना नै फाइनल यात्रा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कप अन्तर्गत लगातार दोस्रो खेल गोलरहित बराबरीमा रोकिँदै फाइनलमा स्थान पक्का गर्यो । पहिलो खेलमा किर्गिस्तानको यू-२३ टोलीसँग रोकिएको नेपाल दोस्रो खेलमा पनि गोल गर्न असफल भयो । नेपालले पहिलो खेलकै सुरुवाती एघारलाई बंगलादेशविरुद्ध निरन्तरता दिएको थियो । तर पहिलो खेलजस्तै दोस्रो खेलमा पनि नेपालले अवसर सिर्जना […]

81 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कप अन्तर्गत लगातार दोस्रो खेल गोलरहित बराबरीमा रोकिँदै फाइनलमा स्थान पक्का गर्यो । पहिलो खेलमा किर्गिस्तानको यू-२३ टोलीसँग रोकिएको नेपाल दोस्रो खेलमा पनि गोल गर्न असफल भयो ।

नेपालले पहिलो खेलकै सुरुवाती एघारलाई बंगलादेशविरुद्ध निरन्तरता दिएको थियो । तर पहिलो खेलजस्तै दोस्रो खेलमा पनि नेपालले अवसर सिर्जना त गर्यो तर गोल गर्न सकेन । बंगलादेशले अघिल्लो खेलबाट आफ्नो सुरुवाती रोजाइका एघार जना खेलाडी नै परिवर्तन गरेको थियो । फाइनल पुगिसकेको बंगलादेशले दोस्रो हाफमा आफ्ना मुख्य खेलाडीलाई विश्राम दिँदै फाइनलका लागि समेत तयारी गरेको देखियो ।

यता नेपालले भने एक पछि अर्को आक्रामक परिवर्तन गरेपनि गोल गर्न भने सकेन । लिगमा थ्री स्टारको फरवार्डका रुपमा खेलेका सन्जोग राईलाई प्रशिक्षक महर्जनले फेरी एकपटक सेन्टर मिडफिल्डको जिम्मेवारी थमाए । तर मिडफिल्डमा लगातार मिसपास खेलेका उनी दोस्रो हाफमा लामो समय टिक्न सकेनन् । बल टच राम्रो भएपनि मैदानमा बलको पछि कुद्दै मिहिनेत गरेको देखिएका उनले आफ्नो स्वभाविक प्रदर्शन गर्न भने चुके । रक्षात्मक रणनीतिमा लगभग शून्य उपस्थिति रहेको उनले डेन्जर जोनमा अनावश्यक फल गर्दै टोलीलाई दबाबमा राखेका थिए ।

त्यस्तै लगातार दोस्रो खेल फरवार्डको भूमिकामा देखिएका विंगरद्वय अन्जन विष्ट र अभिषेक रिजालमा पनि सोहि समस्या प्रष्ट देखिन्थ्यो । फरवार्डमा पोस्टको अघि हुनुपर्ने इन्स्टिङक्टको कमी महसुस भएको थियो । मैदानको आक्रामक थर्डमा पुगेपछि निर्णय लिन नेपाली खेलाडी बारम्बार चुकेका थिए । कहिले हतारो त कहिले क्रस गर्न नै समस्या देखिएको थियो । अभिषेक र अन्जनले बल पाएपछि आफ्नो निर्णय लिँदा बिरलै डिफेन्सलाई छक्याउन सके । विंगबाट खेल्दा निकै प्रभावकारी देखिएका यी दुई आक्रमणमा भने हराएका देखिन्थे ।

हुन त नेपालका लागि पछिल्लो पटक गोल गर्ने खेलाडी यिनै दुई हुन्, तर दुवैले एकल फरवार्डका रुपमा भने गोल गरेका थिएनन् । अभिषेकले सेट पिसमा चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेलमा हेडरमार्फत गोल गरेका थिए । अन्जनले पनि विश्वकप छनोट अन्तर्गत २-० को जितमा दुई गोल गर्दा मुख्य फरवार्डको रुपमा खेलेका थिएनन् । एक गोल सेट पिसमा हेडरमार्फत गरेका उनले अर्को गोल पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेका थिए ।

प्रशिक्षक बालगोपाल महर्जन भने खेलाडीलाई राष्ट्रिय टोलीमा आएपछि आफ्नो प्राकृतिक पोजिसन बाहिर खेलाउनुलाई बचाउमा लागे । ‘खेलाडी भएपछि एकै पोजिसनमा मात्र खेल्ने भन्ने हुँदैन । मिडफिल्डरले आक्रमण र आक्रमणले मिडफिल्डमा पनि खेल्नुपर्छ । रोहितलाई हेर्नुस, उसले डिफेन्समा पनि उत्तिकै राम्रो खेल्न सक्छ र आक्रमणमा पनि । एउटा राम्रो खेलाडीले फरक पोजिसनमा खेल्ने क्षमता राख्नुपर्छ,’ उनले भने ।

यता नेपालले फाइनलमा भने गोल गर्न सक्नेमा महर्जन आशावादी देखिए । ‘पहिलो खेल जस्तै आज पनि अवसर सिर्जना गरेको हो, तर गोल हुन सकेन । सायद फाइनलमा गोल हुनको लागि होला अहिले गोल नभएको,’ उनले भने, ‘ नेपाल मात्र होइन, बंगलादेश र किर्गिस्तानको पनि त्यस्तै अवस्था छ । रक्षात्मक रुपमा हाम्रो प्रदर्शन राम्रो छ । आशा गरौँ फाइनलमा हाम्रो समस्या सुल्झनेछ र उपाधि जित्नका लागि गोल गर्न सफल हुनेछौं ।’

बंगलादेशविरुद्ध म्यान अफ द म्याच चुनिएका डिफेन्डर रोहित चन्दले पनि आक्रमण केहि कमजोर रहेको स्वीकारे । ‘हामीले योजना अनुसार नै खेलेका हौं । स्कोरिङ निस्कन नसक्दा नतिजा हाम्रो पक्षमा आएन । फाइनलमा पुग्नुलाई सकारात्मक रुपमा लिएका छौं,’ उनले थपे, ‘अहिले म आफैं डिफेन्समा खेल्न नै प्रशिक्षण गरिरहेको थिएँ । त्यसैले खेलमा सहज नै भयो । अब फाइनलमा गोल निस्कन्छ भन्ने अपेक्षा छ ।’

बंगलादेशका प्रशिक्षक जेम्स डेले पनि एसियाली फुटबलमा नै आक्रमणमा समस्या रहेको स्वीकारे । ‘ आक्रमणमा समस्या बंगलादेश वा नेपाल मात्र होइन, समग्र एसियाली फुटबलमा नै छ । विशेषगरी घरेलु फुटबलमा क्लबहरुले विदेशी फरवार्डलाई नै अनुबन्ध गरिन्छ त्यसैले राम्रो खेलाडी उत्पादन हुँदैनन् । यो समस्याबारे हामीले केहि योजना ल्याउने तयारीमा छौं,’ बेलायती प्रशिक्षक डेले भने ।

प्रतियोगितामा तीन खेल हुँदा मात्र एक गोल भएको छ, त्यो पनि आत्मघाती गोलको रुपमा । दशरथ रंगशालामा सोमबार नेपाल र बंगलादेश उत्रँदा नेपाल ७ खेलको गोलको खडेरी तोड्ने सुरमा हुनेछ । पछिल्लो पटक विश्वकप छनोटमा अन्जन विष्टले ताइपेइविरुद्ध गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन । अन्जन आफैं त्यसपछि अनुशासनको कारवाहीमा पर्दै राष्ट्रिय टोलीबाट बाहिर रहेर अहिले आक्रमण सम्हालिरहेका छन् । यसबीचमा दर्जन खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरिसके, तर गोल अझै निस्केको छैन ।

प्रशिक्षक महर्जनको भनाइ मान्ने हो भने नेपालले फाइनलमा गोल गर्नेछ । त्यसो त उनै महर्जनले प्रतियोगिता अघि किर्गिस्तान सोचेभन्दा कमजोर रहेकाले एक खेल अघिनै फाइनल पुग्ने योजना बनाएका थिए । अझ बंगलादेशविरुद्ध पछिल्लो खेलको कमजोरी सच्याउने योजना पनि उनले सुनाएका थिए । एक पछि अर्को योजना सफल हुन नसकेको महर्जनको अब फाइनलमा गोल गरेर उपाधि जित्ने योजना कति सफल होला, सोमबारको खेलले बताउने नै छ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.