default_image

3 years ago

March 29, 2021

विराजको विश्राम

75 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – लामो समय राष्ट्रिय टोलीका नियमित सदस्य विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिदैछन् । दशरथ रंगशालामा जारी थ्री नेसन्स कपका लागि २३ सदस्यीय टोलीमा रहेका विराजलाई मैदान उत्रेर विदाई लिने अपेक्षा गरिएको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तान यू २३ र बंगलादेशविरुद्धको खेलमा विराजलाई मौका दिएनन् । आज बंगलादेशविरुद्ध हुने फाइनलमा विराजको सुखद विदाईका लागि उनले मौका दिने सम्भावना छ । उपाधिको भिडन्त भएका महर्जनले खेलको अवस्था हरेर विराजलाई उतार्ने सक्छन् । अघिल्ला दुई खेलमा गोल गर्न नसकेका कारण यसै पनि नेपाली टोली दबाबमा छ ।

सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको यात्रा थालेका विराजले देशका लागि सर्वाधिक ७२ खेल खेलेका छन् । उनी राष्ट्रिय टोलीका सफल कप्तान मध्येका एक हुन् । काठमाडौंका विराजकै कप्तानीमा २०७२ सालमा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप जितेको थियो ।

सोही वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा पनि विराज कप्तान थिए । त्यो यू २३ को टोली भएपनि सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार विराजले त्यसको कप्तानीको अवसर पाएको थियो । २०७३ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जित्दा विराज नियमित उपकप्तान थिए । नेपालले सोलिडारिटीको फाइनल उनकै कप्तानीमा खेलेको थियो ।

लेफ र राइट ब्याक दुवैबाट खेल्ने ३१ वर्षे विराज ओभरल्यापका लागि परिचित मानिन्छन् । उनी घरेलु फुटबलमा पनि सफल खेलाडी हुन् । उनले तीन अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी र मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग उपाधि जितेका छन् ।
दशरथ रंगशालामा तय विश्व कप छनोट खेल्दै सन्यास लिने उनको योजना भने पूरा हुन सकेन । कोभिडका कारण नेपालले विश्वकप छनोटअन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्धको दशरथ रंगशालामा हुने भनिएको खेल अन्यत्रै सरेपछि विराजले थ्री नेसन्स कपबाट विश्राम लिने निर्णय गरेका हुन्।

विश्व कप छनोट नहुने भएपछि अखिल नेपाल फुटबल संघ( एन्फा) ले थ्री नेसन्स कप आयोजना गरहेको हो । विराजले यसैलाई उपयुक्त समय ठानेर व्यवस्थापन र एन्फासँग सुखद विदाईका लागि आग्रह गरेका थिए । त्यहि अनुसार उनलाई टोलीमा राखिएको विश्वास गरिएको छ । अनुशासित र मिहेनती खेलाडीको छवि बनाएका विराजले केहि वर्ष घरेलु फुटबलमा भने निरन्तरता दिने बताएका छन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.