default_image

3 years ago

March 30, 2021

अगुइरोले म्यानचेस्टर सिटी छाड्ने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्नो सर्वाधिक गोलकर्ता अगुइरोले सिजनको अन्त्यसँगै क्लब छाड्ने जनाएको छ । अगुइरोको सिटीसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । ३२ वर्षीय अगुइरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले सिटीका लागि ३ सय ८४ […]

20 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्नो सर्वाधिक गोलकर्ता अगुइरोले सिजनको अन्त्यसँगै क्लब छाड्ने जनाएको छ । अगुइरोको सिटीसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । ३२ वर्षीय अगुइरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

उनले सिटीका लागि ३ सय ८४ खेलमा २ सय ५७ गोल गरेका छन् । प्रिमियर लिगमा उनले १ सय ८१ गोल गरेका छन् । अगुइरो सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट सिटीका आएका थिए । सिटीका लागि ४ प्रिमियर लिगको उपाधि जितेका छन् । यस्तै उनले एक एफए कप, दुई कम्युनिटी शिल्ड र पाँच लिग कप जितेका छन् ।

अगुइरोको सम्मानमा क्लबले रंगशालामा परिसरमा उनको शालिक खडा गर्ने भएको छ । क्लबले यसअघि ऐतिहासिक सफलता दिलाउने कप्तान भिन्सेन्ट कम्पनि र डेविड सिल्भालाई पनि सम्मानस्वरूप शालिक राखेको थियो । सन् २०१९ मा क्लब छाडेका कम्पनि र गतवर्ष प्रस्थान गरेका सिल्भासँगै अब अगुइरोको पनि शालिक क्लबमा रहनेछ ।

अगुइरोले सन् २०१२ को प्रिमियर लिग सिजन अन्तर्गत इन्ज्युरी समयको अन्तिम मिनेटमा क्विन्स पार्क रेन्जर्स (क्युपिआर) विरुद्ध गरेको गोल विश्व फुटबलकै उत्कृष्ट क्षणमा गनिन्छ । अगुइरोको उक्त गोलसँगै सिटीले ४४ वर्षपछि लिग उपाधि जितेको थियो ।

अगुइरोको आगामी गन्तव्य कता हुन्छ भन्ने चर्चा पनि सुरु भएको छ । धेरैले उनलाई आफ्ना राष्ट्रिय टोलीका सहकर्मी लिओनेल मेस्सीसँग बार्सिलोना पुग्ने आँकलन गरेका छन् । मेस्सी आफैं बार्सिलोना छाड्ने सम्भावना रहेकाले अगुइरोलाई पेरिस सेन्ट जर्मेन, युभेन्टस, इन्टर मिलान लगायत क्लबले पनि चासो देखाएका छन् ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.