default_image

3 years ago

March 31, 2021

लक्जेमवर्गमाथि पोर्चुगलको पूनरागमन जित

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँगै डिएगो जोटा र जोआओ पालहिन्हाले गोल गरेपछि कतार विश्वकप २०२२ को छनोट खेलमा पोर्चुगलले लक्जेमवर्गमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको छ । घरेलु टोलीका जर्सन रोड्रिगेसको गोल सान्त्वना बन्यो । लक्जेमवर्गमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा जर्सन रोड्रिगेसको गोलबाट अग्रता लिएको थियो । […]

70 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँगै डिएगो जोटा र जोआओ पालहिन्हाले गोल गरेपछि कतार विश्वकप २०२२ को छनोट खेलमा पोर्चुगलले लक्जेमवर्गमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको छ ।

घरेलु टोलीका जर्सन रोड्रिगेसको गोल सान्त्वना बन्यो । लक्जेमवर्गमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३०औं मिनेटमा जर्सन रोड्रिगेसको गोलबाट अग्रता लिएको थियो । उनले ड्यानियल सिनानीको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले पेड्रो नेटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले जोओ क्यान्सिलोको पासमा गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । लक्जेमवर्गविरुद्ध गोल गरेसँगै रोनाल्डोले १७३ क्यापमा आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या १०३ पुर्‍याए । सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेमा दोस्रो स्थानमा रहेका रोनाल्डो इरानका अली दाई (१०९) भन्दा ६ गोलले पछि छन् ।

८०औं मिनेटमा पेड्रो नेटोको पासमा जोआओ पलहिन्हाले गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगलको जित पक्का भयो । ८७औं मिनेटमा म्याक्सीमी चानट दोहोरो पहेँलो कार्ड खाँदै मैदानमा बाहिरिएपछि लक्जेमवर्ग १० खेलाडीमा समेटिएको थियो ।

यस्तै यही समूह ‘ए’ को खेलमा सर्वियाले अजरवैजानलाई २–१ ले पराजित गरेको छ । सर्वियाको जितमा एलेक्सान्डर मित्रोभिकले दुवै गोल गरे । घरेलु टोली अजरवैजानका इमिन माखमुदोभले एक गोल फर्काए ।

यो नतिजासँगै समान ७ अंक भएपनि पोर्चुगल गोलअन्तरमा शीर्षस्थानमा उक्लदा सर्विया दोस्रो स्थानमा झरेको छ । पोर्चुगलसँग पराजित लक्जेमवर्ग ३ अंक जोडेर तेस्रो स्थानमा छ । अंकविहीन आयरल्यान्ड र अजरवैजान चौथो र पाँचौ स्थानमा छन् ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.